नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारी सेवामा रहेर इमानदारीपूर्वक काम गरिरहेका डा. केशव श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएपछि धेरैलाई चिन्ता लाग्यो। उहाँले आफ्नो फेसबुकमा अलविदा लेख्दै उहाँ हराउनुभयो।
सौभाग्यवश, प्रहरीले उहाँलाई बालाजु क्षेत्रमा सकुशल फेला पार्यो। शारीरिक रूपमा ठीक भएता पनि, तर मानसिक रूपमा उहाँ धेरै थकित देखिनुहुन्थ्यो। धेरै समयदेखि थुप्रिएको पीडा र अन्यायले उहाँलाई त्यस अवस्थामा पुर्याएको रहेछ।
मंगलबार डा. श्रेष्ठ गृहमन्त्री रमेश लेखकलाई भेट्न भैंसेपाटी पुग्नुभयो। भेटका क्रममा उहाँले आफ्नो कार्यक्षेत्रमा भोगेका अन्याय, मनोवैज्ञानिक दबाब र झुटा आरोपहरूको बारेमा खुलेर कुरा गर्नुभयो। मन्त्री लेखकले गहिरो ध्यान दिएर कुरा सुनेर सहज सन्देश दिनुभयो — कुनै पनि असहज परिस्थितिसँग नडराई आत्मबल बनाएर अघि बढ्नुपर्छ।
यो सन्देश सायद धेरैलाई सामान्य लाग्न सक्छ। तर जुन अवस्थामा डा. श्रेष्ठ हुनुहुन्थ्यो, त्यस्तो समयमा सानो सहानुभूति, सानो विश्वास र सहयोगले पनि ठूलो अर्थ राख्दो रहेछ।
श्रेष्ठले करिब दुई वर्ष रामेछाप जिल्ला अस्पतालमा काम गर्नुभयो। जेठको अन्त्यतिर उहाँलाई हेटौँडा सरुवा गरियो। तर सरुवा मात्रै होइन, उहाँमाथि अमानवीय व्यवहार र प्रशासकीय अन्याय भयो भन्ने आरोप उहाँले सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ। यही सबै मिलेर उहाँ मानसिक रूपमा कमजोर हुनुभयो।
हामी कहिले सोच्दैनौं — स्वास्थ्य सेवा दिने मान्छेहरू आफैँ कत्तिको अस्वस्थ हुन सक्छन्। डाक्टर, नर्स, स्वास्थ्यकर्मीहरू पनि मानिस हुन्। उनीहरूलाई सम्मान, सुरक्षाको महसुस र मानसिक सन्तुलनको ख्याल गर्नु हाम्रो कर्तव्य हो।
डा. श्रेष्ठ अहिले सुरक्षित छ हुनुहुन्छ । तर यो घटना हाम्रो समाज र व्यवस्थाको लागि चेतावनी हो। इमानदारीपूर्वक काम गर्नेहरूलाई संरक्षण दिन सकिएन भने, हामी कस्को पक्षमा छौं ?
हामी सबैले ध्यान दिनुपर्ने कुरा के हो भने — मानसिक स्वास्थ्य, आत्मसम्मान र काम गर्ने वातावरण कति महत्त्वपूर्ण हुन्छ। हामीले समयमै हस्तक्षेप गर्न सकेनौं भने एउटा जीवनको क्षति मात्र होइन, पूरा प्रणालीमाथि नै प्रश्न उठ्छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

