नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव गरेको ओएनएम विरुद्ध देशभरका रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिस्टले कालोपट्टी बाँधेर थालेको शान्तिपूर्ण विरोध कार्यक्रम आज दोस्रो दिनमा प्रवेश गरेको छ।
सरकारी रेडियोग्राफी संघ नेपालको अगुवाइमा सञ्चालन भइरहेको यो अभियानले अझ व्यापक रूप लिएको छ। काठमाडौंबाट सुरु भएको विरोध कार्यक्रम अहिले झापा, कञ्चनपुर, बुटवल, पोखरा, चितवन, जनकपुर, धनगढी लगायत देशका सबै प्रमुख शहर र जिल्लाहरूका स्वास्थ्य संस्थासम्म पुगेको छ।
आन्दोलनमा संलग्न कर्मचारीहरू अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा नियमित रुपमा कार्य सम्पादन गर्दै कालोपट्टी बाँधेर विरोध जनाइरहेका छन्।
संघका अध्यक्ष दामोदर रोक्काले आन्दोलन पेशाको दीर्घकालीन भविष्य, सम्मान र अस्तित्वका लागि गरिएको प्रष्ट पार्नुभयो। उहाँले भन्नुभयो, सरकारले गम्भीर ढंगले छलफल नगरेमा हामी बाध्य भएर थप सशक्त आन्दोलनतर्फ जान सक्छौं।
संघले असार ७ गतेभित्र सरकारबाट स्पष्ट जवाफ नआए थप चरणको आन्दोलन घोषणा गर्ने चेतावनी पनि दिएको छ।
यस अभियानमा रेडियोग्राफी विद्यार्थी, प्रशिक्षकदेखि लिएर अनुभवी विज्ञहरू समेतको ऐक्यबद्धता देखिएको छ, जसले आन्दोलनलाई थप ऊर्जा दिएको छ।
संघले सबै पेशाकर्मीलाई साझा आवाजमा बोल्न र आन्दोलनमा सक्रिय रूपमा सहभागी भई रेडियोग्राफी पेसाको प्रतिष्ठा जोगाउन पुनः आग्रह गरेको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
