नेपाल हेल्थ न्युज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का विद्यार्थी तथा प्राध्यापकहरूलाई संघीय अस्पताल र स्वास्थ्य प्रतिष्ठानहरूमा सहज उपचार सेवा प्रदान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र त्रिविबीच समझदारी भएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित कार्यक्रमका क्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा. खड्ग केसीको उपस्थितिमा भएको उक्त समझदारीअनुसार, त्रिविका विद्यार्थी तथा प्राध्यापकहरूलाई ९० प्रतिशत त्रिविको उपचार कोष र १० प्रतिशत व्यक्तिगत योगदानमा आधारित गरी सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरूमा स्वास्थ्य सेवा उपलब्ध गराइनेछ।
समझदारीमा त्रिविले आफ्ना विद्यार्थी तथा प्राध्यापकहरूलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन प्रोत्साहन गर्ने पनि उल्लेख गरिएको छ।
कार्यक्रममा मन्त्री पौडेलले संगठित क्षेत्रमा आबद्ध सबैलाई स्वास्थ्य बीमा कोषमा समावेश गर्ने सरकारको निर्णय स्मरण गराउँदै, त्रिविले चाँडै सबैलाई बीमामा आबद्ध गराउन आवश्यक गृहकार्य पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन स्रोत विस्तार र नीतिगत सुधार भइरहेको जानकारी समेत दिनुभयो।
मन्त्रालयका सचिव डिल्लीराम शर्माले समझदारीको प्रभावकारी कार्यान्वयनमा मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।
त्रिविका उपकुलपति डा. केसीले स्वास्थ्य बीमा प्रक्रियाका लागि कार्यदल गठन गरिने र मन्त्रालयसँग शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा सहकार्य विस्तार गरिने जानकारी दिनुभयो।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

