नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा सुधारको लागि लामो समयदेखि अभियान चलाउँदै आउनुभएका प्रा. डा. गोविन्द केसीले शैक्षिक संस्थाहरूमा पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
एक विज्ञप्ति मार्फत डा. केसीले योग्य व्यक्तिको छनोट नभएर राजनीतिक दलका कार्यकर्तालाई अवसर दिनु शिक्षाको स्तर गिराउने कारण भएको बताउनुभएको छ। उहाँका अनुसार, विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानहरू गुणस्तरीय शिक्षाको केन्द्र हुनुपर्नेमा अहिले राजनीतिक लाभको थलो बन्दै गएका छन्।
उहाँ विगत दुई दशकदेखि शैक्षिक पदहरूमा नियुक्ति प्रक्रिया योग्यताका आधारमा होस् भन्ने माग गर्दै आउनुभएको छ। यसै क्रममा उहाँले सरकारसँग पुनः आग्रह गर्नुभएको छ कि, उपकुलपति जस्ता महत्त्वपूर्ण पदहरूमा नियुक्ति गर्दा राजनीतिक सिफारिस होइन, क्षमता र योग्यता हेरेर निर्णय होस्।
डा. केसीले उच्च शिक्षा ऐन पारित गर्न, चिकित्सा शिक्षण संस्थाहरूलाई गैरनाफामूलक बनाउने, इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेज खोल्ने र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी कानुन निर्माणको माग गर्नुभएको छ।
उहाँले अघिल्लो सम्झौताहरू तुरुन्त कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्दै चेतावनी समेत दिनुभएको छ—यदि मागहरू बेवास्ता गरियो भने फेरि सत्याग्रहको बाटो रोज्न बाध्य हुनेछौ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
