नेपाल हेल्थ न्युज, काठमाडौं । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत तीन कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार अस्पतालको बिलिङ काउन्टरमा उठाइएको रकम बैंकमा दाखिला नगरी व्यक्तिगत लाभका लागि अनाधिकृत रूपमा प्रयोग गरिएको ठहर गर्दै आर्थिक अनियमितताको आरोप लगाइएको हो।
यस प्रकरणमा लेखा अधिकृत शंकरप्रसाद सुवेदी र करार सेवामा कार्यरत तृप्ति शाही (शाही ठकुरी) विरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरिएको छ।
त्यस्तै, कुमारी बैंकको अस्पतालस्थित एक्सटेन्सन काउन्टरका तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरमाथि पनि समान रकम बराबरको आर्थिक दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएकोे छ। रासस
प्रकाशित मिति: सोमबार, असार ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

