नेपाल हेल्थ न्युज, काठमाडौं । प्रदेश अस्पताल सुर्खेतमा कार्यरत तीन कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार अस्पतालको बिलिङ काउन्टरमा उठाइएको रकम बैंकमा दाखिला नगरी व्यक्तिगत लाभका लागि अनाधिकृत रूपमा प्रयोग गरिएको ठहर गर्दै आर्थिक अनियमितताको आरोप लगाइएको हो।
यस प्रकरणमा लेखा अधिकृत शंकरप्रसाद सुवेदी र करार सेवामा कार्यरत तृप्ति शाही (शाही ठकुरी) विरुद्ध २५ लाख ६७ हजार ५२६ रुपैयाँ बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरिएको छ।
त्यस्तै, कुमारी बैंकको अस्पतालस्थित एक्सटेन्सन काउन्टरका तत्कालीन इन्चार्ज गोमा सिँजाली मगरमाथि पनि समान रकम बराबरको आर्थिक दाबी गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभएकोे छ। रासस
प्रकाशित मिति: सोमबार, असार ९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२
निपाह भाइरसको सम्भावित जोखिमपछि सीमा नाकाहरूमा उच्च सतर्कता
शुक्रबार, माघ ९, २०८२ट्रेन्डिङ

