नेपाल हेल्थ न्युज, काठमाडौं । सरकार आगामी साउन १ गतेदेखि निर्माण सम्पन्न भएका आधारभूत अस्पतालहरूमा चिकित्सक तथा आवश्यक स्वास्थ्य उपकरणहरू पठाउने तयारीमा लागेको छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बोल्दै स्थानीय तहमा निर्माण पूरा भइसकेका अस्पतालहरूमा स्वास्थ्य सेवा सञ्चालन गर्न चिकित्सकसहित आवश्यक सामग्रीहरू उपलब्ध गराइने जानकारी दिनुभएको हो।
मन्त्री पौडेलले अझै निर्माणको क्रममा रहेका अस्पतालहरूको कार्य तिब्र रूपमा अघि बढाइने र जहाँ निर्माण सुरु हुन बाँकी छ, ती ठाउँहरूका लागि रणनीतिकरूपमा स्थानको पहिचान (म्यापिङ) भइसकेको पनि उल्लेख गर्नुभयो।
हालसम्म चिकित्सक तथा उपकरणको अभावका कारण सेवामा अवरोध आएकोप्रति ध्यान दिँदै उहाँले स्वास्थ्य पूर्वाधार सुदृढ गर्न मन्त्रालय गम्भीर रूपमा लागेको बताउनुभयो।
सरकारको यो निर्णयले स्थानीय तहका नागरिकहरूलाई आधारभूत स्वास्थ्य सेवा सहज बनाउने विश्वास गरिएको छ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

