नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणमा रेडियोग्राफी क्षेत्रका मागहरू समावेश गर्ने प्रतिबद्धता जनाएपछि रेडियोग्राफरहरूको आन्दोलन स्थगित भएको छ।
नेपाल सरकारी रेडियोग्राफी संघ र नेपाल रेडियोलोजिकल सोसाइटीले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता लिएको घोषणा गरेका हुन्। उनीहरूले नियमित सेवामा फर्कन सबै रेडियोग्राफरहरूलाई आग्रह गरेका छन्।
स्वास्थ्य मन्त्रालयमा बिहीवार सम्पन्न संवादमा सचिव डा. विकास देवकोटा, सहसचिव भीमप्रसाद सापकोटा, साथै दुवै संस्थाका प्रमुख पदाधिकारीहरूबीच सहमति जुटेको हो। सो अवसरमा अर्थ मन्त्रालयलगायतका निकायहरूले ओएनएम सर्वेक्षणमा रेडियोग्राफीसम्बन्धी मागहरूलाई समावेश गर्न निर्देशन दिइसकेको र सोही अनुसार मन्त्रालयले संशोधन प्रक्रिया अघि बढाउने जानकारी गराइएको थियो।
स्वास्थ्य सचिव डा. देवकोटाले रेडियोग्राफरहरूको चासो सम्बोधन गर्दै छिटो भन्दा छिटो प्रक्रिया अघि बढाइने आश्वासन दिनुभएको छ।
संघका अध्यक्ष दामोदर रोक्काले यो सहमतिको उपलब्धिलाई रेडियोग्राफी पेशाको गौरव र भविष्यका लागि महत्वपूर्ण उपलब्धि बताउनुभएको छ। उहाँ भन्नुहुन्छ, “यो केवल नीति परिवर्तन मात्र होइन, पेशाको आत्मसम्मान र पहिचानका लागि लामो समयदेखि भइरहेको संघर्षको परिणाम हो।”
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, रेडियोग्राफी पेशामा संलग्न हरेक व्यक्ति र विद्यार्थीको यो सामूहिक प्रयासले आजको सफलतामा योगदान पुर्याएको छ।

निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
