नेपाल हेल्थ न्युज, काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको फ्याकल्टी एशोसियसनले सरकारले प्रस्ताव गरेको एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकप्रति आपत्ति जनाउँदै विधेयक खारेज गर्न माग गरेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई सम्बोधन गरिएको औपचारिक पत्रमार्फत एशोसियसनले आफ्ना गम्भीर चिन्ताहरू व्यक्त गरेको हो।
पत्रमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरोकारवालासँग छलफल समेत नगरी एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई व्यवस्था गर्न बनेको विधेयकको खाका तयार पारी सार्वजनिक रुपमा सुझाव माग गरेकोमा प्रतिष्ठान असन्तुष्टि छ। हामी यस विधेयक खारेज गर्न जोडदार माग गर्छौं।”
विधेयकले हाल अस्तित्वमा रहेका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरू जस्तै पाटन, न्याम्स, विपी कोइराला, कर्णाली, पोखरा र राप्ती लाई एउटै ढाँचामा अध्ययन संस्थानका रूपमा पुनर्संरचना गर्ने प्रस्ताव राखेको छ। तर एशोसियसनले यी संस्थाहरू भिन्न भिन्न ऐतिहासिक पृष्ठभूमि, कानुनी संरचना, भूगोल, स्रोतसाधन र संस्थापक उद्देश्यहरूसहित विकास भएका स्वतन्त्र संस्थाहरू भएकाले ती सबैलाई एउटै संरचनामा बाध्न खोज्नु संघीयताको मर्म विपरीत भएको दाबी गरेको छ।
एशोसियसनले विधेयक खारेज नभएमा सशक्त आन्दोलनको चेतावनीसमेत दिएको छ। उनीहरूले सरकारको नीति निर्माण प्रक्रियामा सरोकारवालासँग पर्याप्त संवाद गर्ने संस्कार विकास गर्नुपर्ने माग पनि गरेका छन्।
यसअघि मन्त्रालयले विधेयकको मस्यौदा सार्वजनिक गरी सुझाव संकलन प्रक्रिया थालेको थियो।
बाँकेमा हात्तीपाइले विरुद्धको १० दिने औषधि सेवन अभियान सुरु
शुक्रबार, माघ ९, २०८२
स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुखमा डा. चुमनलाल
शुक्रबार, माघ ९, २०८२
सानोठिमी बाल सुधार गृहमा झडप, १३ घाइते
शुक्रबार, माघ ९, २०८२

