नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोग अन्तर्गतको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज (एनबीएमएस) को रिक्त निर्देशक पदमा डा. स्वयंप्रकाश पण्डित नियुक्त हुनुभएको छ। उहाँले हालसालै औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
यसअघि निर्देशक रहनुभएका प्राडा गुरु खनालले माघ १८ गते राजीनामा दिएपछि पद खाली भएको थियो। खनालको राजीनामा माघ २० गतेदेखि लागू भएको थियो। त्यसयता आयोगले नयाँ निर्देशक नियुक्त गर्न प्रक्रिया अघि बढाएको थियो।
आयोगले गत महिना सार्वजनिक रूपमा आवेदन आह्वान गरेको थियो। सोही प्रक्रियाअनुसार योग्य ठहरिनुभएका डा. पण्डितले निर्देशकको जिम्मेवारी सम्हाल्ने अवसर पाउनुभएको हो।
स्वास्थ्य सेवामा लामो समय बिताउनुभएका डा. पण्डित हालै उमेर हदका कारण सरकारी सेवा निवृत्त हुनुभएको थियो। उहाँ चिकित्सा शिक्षा तथा अस्पताल प्रशासनको क्षेत्रमा विशेष अनुभव भएका वरिष्ठ चिकित्सकको रूपमा डा. पण्डितलाई चिनिन्छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
