नेपाल हेल्थ न्युज, काठमाडौं । केही जिल्लामा डेंगी संक्रमण दुई सय नाघिसकेको छ भने कतिपय जिल्लामा संख्या कम छ। अहिलेसम्म रिपोर्ट भएका संक्रमितको संख्या १६ सय पुगेको छ। यद्यपि, यो संख्या गत वर्षको तुलनामा आधा भए पनि भित्रभित्रै संक्रमण बढ्दो छ।
इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष करिब ६० हजार डेंगी संक्रमित हुन सक्ने अनुमान व्यक्त गनुभयो। बुधबार भएको छलफलमा सबै स्थानीय तह र स्वास्थ्य संस्थालाई समान उपचार विधि र अभियानका लागि तयारी गरिसकेको महाशाखाले जनाएको छ। साथै, २५ हजार कीट नष्ट गर्ने लागि आवश्यक बजेट पनि पठाइएको छ।
डेंगी संक्रमण साउनदेखि कात्तिकसम्म बढी सक्रिय हुने भएकाले मनसुनको समयमा लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान निरन्तर चलाउन महाशाखाले जोड दिएको छ। लामखुट्टेको वासस्थान नहुँदा संक्रमण फैलिन सक्दैन, त्यसैले सफाइ र पानी जम्न नदिने कार्यहरूलाई प्राथमिकता दिन भनिएको छ।
चिकित्सकहरूको अनुसार, ‘एडिस एजिप्टाइ’ लामखुट्टेको टोकाइबाट डेंगी सर्छ, र एक लामखुट्टेले जीवनभर १० जनासम्म संक्रमित बनाउन सक्छ। त्यसैले बिहान र साँझ लामखुट्टेबाट बच्न शरीर छोप्ने कपडा लगाउने, मलम प्रयोग गर्ने, जाली राख्ने, पानी जम्न नदिनेलगायत सावधानी अपनाउनुपर्ने उल्लेख गरिएको छ।
डा. दाहालले भन्नुभयो, ‘डेंगी नियन्त्रणमा सबैको सक्रियता जरूरी छ, विशेष गरी ‘लामखुट्टेको वासस्थान खोज र नष्ट गर’ अभियान निरन्तरता दिन स्थानीय तह र घरपरिवारको भूमिका महत्वपूर्ण छ।’ यस वर्ष डेंगीबाट हुने मृत्यु पूर्ण रुपमा रोक्न समान उपचार प्रक्रिया अपनाइने पनि जानकारी दिनुभयो।
महाशाखाका निर्देशक डा. चन्द्रबल झाले डेंगीको नियन्त्रणमा स्वास्थ्य क्षेत्र मात्रै होइन, वातावरण र तीनै तह सरकारको समन्वित प्रयास आवश्यक भएको बताउनुभयो।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
