नेपाल हेल्थ न्युज, काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जनसंख्या वृद्धिदर घट्दै गएको र युवा जनसांख्यिकीय लाभांश लिन नसकिएको र जनसांख्यिकीय चुनौती सम्बोधनका लागि सरकारले प्रयास थालेको बताउनुभएको छ ।
विश्व जनसंख्या दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल सरकारबाट हालै राष्ट्रिय जनसंख्या नीति, २०८२ स्वीकृत भएको जानकारी दिनुभयो।
’नेपालको अहिले देखिएको जनसांख्यिकीय चुनौतीलाई समाधान गर्न यो नीतिलाई मार्गदर्शनका रूपमा अंगीकार गर्दै तीनै तहका सरकारमार्फत प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन हुने विश्वास लिएको छु,’ उहाँले भन्नुभयो।
नेपालको जनसंख्याको वर्तमान बनावट, वितरण र संरचनासँगसँगै देखापरेका अवसर र चुनौतीहरूलाई उचित सम्बोधन गर्न सरकारले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको भन्दै मन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ ।
’ज्येष्ठ नागरिकहरूको संख्या वृद्धि हुँदै गएको सन्दर्भमा उनीहरूको ज्ञान, सिप र क्षमतालाई अन्तरपुस्ता सञ्चार गर्न, युवा जनसंख्याले चाहेजस्तो पारिवारिक आकार र वातावरण निर्माण गर्न तथा पारिवारिक सद्भाव कायम राख्न जनसंख्याको प्रभावकारी व्यवस्थापन गर्नु आजको आवश्यकता हो,’ मन्त्री पौडेलले भन्नुभयो ।
मन्त्री पौडेलले राष्ट्रिय जनसंख्या नीतिको कार्यान्वयनमा सम्बन्धित सबै पक्षको सहयोग र सकारात्मक सुझावको अपेक्षा गर्दै विश्व जनसंख्या दिवसको सन्देशलाई साकार पार्न हामी सबैको साझेदारी तथा समन्वयको अपेक्षा गरेको छु। नेपालको जनसंख्यालाई उच्चतम सदुपयोग गर्न तथा युवा पुस्ताको सपना साकार पार्ने अभियानमा एकताबद्ध हुन आह्वान पनि गर्नुभएको छ ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
