नेपाल हेल्थ न्युज, चितवन । भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सर परीक्षणमा उल्लेखनीय प्रगति गर्दै अत्याधुनिक ‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री (आइएचसी) मेसिन सञ्चालनमा ल्याएको छ।
अबदेखि बिरामीको टिस्यु (नमूना) विदेश पठाउनुपर्ने झन्झट अन्त्य भएको छ। यस प्रविधिले क्यान्सरको पहिचान मात्र नभई त्यसको किसिम र उपचार विधि निर्धारण गर्नसमेत सहयोग पुर्याउनेछ।
प्रयोगशाला प्रमुख डा. ग्रेता पाण्डेका अनुसार, क्यान्सर लागेको पुष्टि भए पनि त्यसको सटीक प्रकार नपत्ता लगाई उपचार सम्भव हुँदैन। नयाँ मेसिनको सहायताले नेपालमै छिटो र भरपर्दो नतिजा प्राप्त गर्न सकिने बताउनुभयो।
यसअघि नमूना भारतलगायतका देशमा पठाउँदा रिपोर्ट आउन ढिलाइ हुने, उपचार सुरु गर्न समय लाग्ने र खर्च समेत धेरै हुने समस्या थियो। अब भने यी सबै चुनौतीहरूको अन्त्य भएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल बताउनुहुन्छछ।
उहाँका अनुसार, पूर्ण रूपमा स्वचालित यो प्रणालीले टिस्युमाथि प्रोटिन मार्करहरूको विश्लेषण गरेर क्यान्सरको स्वरूप बुझ्न सघाउँछ। यसले लक्षित उपचार विधि चयनमा वैज्ञानिक आधार दिन्छ र रोगीको उपचार प्रक्रिया प्रभावकारी बनाउँछ। यो सेवा सुरु भएसँगै स्तन, पाठेघर, फोक्सो, ओभरी, पेट तथा आन्द्राका क्यान्सरहरूको सटीक परीक्षण अब नेपालमै सम्भव भएको छ।
उपनिर्देशक डा. उमेश नेपालले यो प्रविधिले उपचारमा ढिलाइ नहुने, मानसिक तनाव र आर्थिक भार पनि घटाउने बताउनुभयो। साथै, यसले अस्पताललाई प्रविधिनिर्भर क्यान्सर उपचार केन्द्रको रूपमा सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो।
अस्पतालले भविष्यमा यस्ता थप प्रविधिहरू भित्र्याउँदै उपचार र अनुसन्धानमा अझ व्यापक सुधार ल्याउने योजना अघि सारेको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
