नेपाल हेल्थ न्युज, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतको प्रथम सेवा केन्द्रको सूचीबाट हटाइएको विषयलाई लिएर स्थानीय राजनीतिक दलहरूले स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण गराएका छन्।
बिमा बोर्डले साउन १ गतेदेखि लागू हुने गरी बीपी प्रतिष्ठानलाई प्रथम सेवा केन्द्रको सट्टा रेफरल केन्द्रको रूपमा वर्गीकृत गरेपछि दलहरू आन्दोलनमा उत्रिएका छन्। यस निर्णय विरुद्ध दबाब सिर्जना गर्न धरानका प्रमुख राजनीतिक दलहरूले आइतबार इलाका प्रशासन कार्यालयमार्फत स्वास्थ्य मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।
ध्यानाकर्षण गराउने नेताहरूमा नेपाली कांग्रेसका श्याम पोख्रेल, एमालेका हर्कजंग एभेङ, माओवादी केन्द्रका उद्धव लिम्बु, जसपा नेपालका ताजुब लिम्बु तथा एकीकृत समाजवादीका रेवतीरमण राई छन्। उनीहरूले संयुक्त रूपमा भनेका छन् कि धरानमा सरकारी स्तरको भरपर्दो स्वास्थ्य सेवा दिने संस्था बीपी प्रतिष्ठानबाहेक अन्य छैन, त्यसैले यसलाई पुनः प्रथम सेवा केन्द्रमा राख्न आवश्यक छ।
यसबीच, शनिबार माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एकीकृत समाजवादीको अगुवाइमा धरानमा विरोध प्रदर्शनसमेत गरिएको थियो, जसमा सर्वसाधारणको उल्लेखनीय सहभागिता देखिएको थियो।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

