नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै एक महत्वपूर्ण निर्णय गर्दै डा. सुधा देवकोटालाई उपचारात्मक सेवा महाशाखाबाट डडेल्धुरा अस्पतालमा सरुवा गरेको छ। मन्त्रालय अन्तर्गतको प्रशासनिक स्रोतका अनुसार, यो निर्णय केही दिनअघि लिइएको हो।
डा. देवकोटा करिब एक वर्षअघि, असोज महिनामा, महाशाखाको नेतृत्वमा आउनुभएको थियो। त्यसअघिको कार्यकालमा उहाँ कोशी प्रदेशमा स्वास्थ्य सचिवको भूमिकामा रहनुभएको थियो ।
उहाँ सरुवा भएपछि खाली भएको महाशाखा निर्देशकको जिम्मेवारी कसलाई दिने भन्ने विषयमा मन्त्रालयले हालसम्म औपचारिक निर्णय गरिसकेको छैन। सम्भावित नामहरूबारे आन्तरिक छलफल भने भइरहेको बताइएको छ।
त्यसैगरी, टेकुमा रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका ११औं तहका डा. राजिव रिजाललाई पनि अन्यत्र स्थानान्तरण गरिएको मन्त्रालय स्रोतले जनाएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
