नेपाल हेल्थ न्युज, काठमाडौं । डेंगुको जोखिम बढ्दै गइरहेका बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि विशेष कदम चाल्नुपर्ने बताउनुभएको छ। उहाँले साउनदेखि कात्तिकसम्म चार महिनाका लागि कुनै पनि किसिमका निर्माण कार्य नगर्न प्रस्ताव राख्नुभएको छ।
‘साउन डेंगु सचेतना महिना’ घोषणा कार्यक्रममा मन्त्री पौडेलले सबै सरकारी तथा सार्वजनिक निकायहरूलाई लार्भा (डेंगुको लार्भा) नष्ट गर्ने अभियानमा सक्रिय हुन आह्वान गर्नुभयो।
“निर्माण सामग्री जहाँ-तहीँ नराखौं, अनावश्यक खाल्डा नखनोस्, र पानी जम्न सक्ने ठाउँहरू हटाऔं,” मन्त्री पौडेलले भन्नुभयो, “डेंगु फैलन नदिन यी चार महिना विशेष सतर्कता आवश्यक छ।”
मन्त्री पौडेलले टायर, प्लास्टिक, र प्रयोगमा नआएका भाँडाहरू जस्ता पानी जम्ने वस्तुहरूको उचित व्यवस्थापन गर्न आग्रह गर्नुभयो। उहाँले लार्भा उत्पादन हुने सम्भावित स्थानहरू पहिचान गरी नियमित सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
“यदि डेंगुबारे चेतना फैलाउन सक्यौं भने यसको संक्रमण रोक्न सकिन्छ,” मन्त्री पौडेलले भन्नुभयो, “पहिले आफू सुरक्षित बन्नुपर्छ, त्यसपछि मात्र अरूलाई सुरक्षा दिन सकिन्छ।”
साथै, उहाँले साउनदेखि कात्तिकसम्म हरेक शुक्रबार सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान सबै नागरिक र निकायलाई अनुरोध गर्नुभयो।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
