नेपाल हेल्थ न्युज, काठमाडौं । डेंगुको जोखिम बढ्दै गइरहेका बेला स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रणका लागि विशेष कदम चाल्नुपर्ने बताउनुभएको छ। उहाँले साउनदेखि कात्तिकसम्म चार महिनाका लागि कुनै पनि किसिमका निर्माण कार्य नगर्न प्रस्ताव राख्नुभएको छ।
‘साउन डेंगु सचेतना महिना’ घोषणा कार्यक्रममा मन्त्री पौडेलले सबै सरकारी तथा सार्वजनिक निकायहरूलाई लार्भा (डेंगुको लार्भा) नष्ट गर्ने अभियानमा सक्रिय हुन आह्वान गर्नुभयो।
“निर्माण सामग्री जहाँ-तहीँ नराखौं, अनावश्यक खाल्डा नखनोस्, र पानी जम्न सक्ने ठाउँहरू हटाऔं,” मन्त्री पौडेलले भन्नुभयो, “डेंगु फैलन नदिन यी चार महिना विशेष सतर्कता आवश्यक छ।”
मन्त्री पौडेलले टायर, प्लास्टिक, र प्रयोगमा नआएका भाँडाहरू जस्ता पानी जम्ने वस्तुहरूको उचित व्यवस्थापन गर्न आग्रह गर्नुभयो। उहाँले लार्भा उत्पादन हुने सम्भावित स्थानहरू पहिचान गरी नियमित सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो।
“यदि डेंगुबारे चेतना फैलाउन सक्यौं भने यसको संक्रमण रोक्न सकिन्छ,” मन्त्री पौडेलले भन्नुभयो, “पहिले आफू सुरक्षित बन्नुपर्छ, त्यसपछि मात्र अरूलाई सुरक्षा दिन सकिन्छ।”
साथै, उहाँले साउनदेखि कात्तिकसम्म हरेक शुक्रबार सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजान सबै नागरिक र निकायलाई अनुरोध गर्नुभयो।
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
