नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले डेंगीको प्रभावलाई गम्भीर रूपमा लिएर यसको परीक्षण शुल्क व्यवस्था स्पष्ट गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
बुधबार आयोजित ‘श्रावण डेंगी सचेतना महिना’ घोषणा कार्यक्रममा मन्तव्य दिँदै मन्त्री पौडेलले भन्नुभयो, “हामी सकेसम्म परीक्षण निःशुल्क गराउने प्रयासमा छौं। तर त्यो सम्भव नभए पनि शुल्कको स्पष्ट सीमा तोक्नैपर्छ।”
उहाँले डेंगीको समस्या वर्षेनी जटिल बन्दै गएको भन्दै यसप्रति नागरिक र सरकार दुवैले संवेदनशील बन्नुपर्ने बताउनुभयो। डेंगीको असर घरका एक जनामा देखिए पनि त्यो असर पूरै परिवारमा पर्छ, भन्दै उहाँले भन्नुभयो, “समाजभर नै यसको प्रभाव परिरहेको छ।”
मन्त्री पौडेलले परीक्षणको नाममा आर्थिक भार थपिने अवस्थाले निम्न आय भएका व्यक्तिहरूलाई झनै संकटमा पार्ने बताउनुभएको छ। “धेरैलाई खानलाउन गाह्रो भएको अवस्थामा, परीक्षण शुल्क भारी बन्नु हुँदैन,” उहाँले चेतावनी दिँदै भन्नुभयो, “निजी क्षेत्रले पनि शुल्कमा पारदर्शिता ल्याउनुपर्छ। झन् लुट्ने मनसाय राखेर परीक्षण गर्न मिल्दैन।”
उहाँका अनुसार, दुर्गम क्षेत्रहरूमा अझ बढी चुनौती देखिएको छ, र त्यहाँका बासिन्दाका लागि परीक्षण सेवा पहुँचयोग्य बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्नेछ।
स्वास्थ्य मन्त्रालयले सञ्चारमाध्यमसँग सहकार्य गर्दै डेंगीबारे व्यापक जनचेतना फैलाउने अभियान सञ्चालन गर्ने तयारी गरेको पनि मन्त्री पौडेलले जानकारी दिनुभयो। उहाँले सरकार अझ सक्रिय र उत्तरदायी बन्नुपर्ने स्वीकार्दै भन्नुभयो, “डेंगी अब सामान्य रोगको विषय मात्र रहेन, यो सामाजिक समस्या बनेको छ।”
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
