नेपाल हेल्थ न्युज, काठमाडौं । समाज डेन्टल अस्पतालले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गर्दै एक करोड रुपैयाँ बराबरको विशेष उपचार कोष स्थापना गरेको छ। अस्पतालको २५औं वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरिएको उक्त कोषले दन्त उपचारमा पहुँच नपाएका नागरिकलाई राहत पुर्याउने उद्देश्य राखेको छ।
अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले जानकारी गराएअनुसार, समाज डेन्टलले स्थापना कालदेखि नै सबै नागरिकलाई गुणस्तरीय दन्त सेवा उपलब्ध गराउने लक्ष्य राख्दै अघि बढेको हो।
विसं २०५८ को साउन १ गतेदेखि सञ्चालनमा आएको यो अस्पतालले हाल काठमाडौं उपत्यकासहित काभ्रेको विभिन्न १० स्थानमा सेवा प्रदान गरिरहेको छ।
वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा दन्त स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्दै मेडिकल टुरिजम लाई प्रवर्द्धन गर्न सकिने सम्भावना रहेको औँल्याउनुभयो। साथै, उहाँले यस्तो कोषले आवश्यकता परेका जनतालाई ठूलो राहत पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
अस्पतालका संस्थापक तथा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले अस्पतालको सेवा देशभर फैलाउने योजनामा अस्पताल अगाडि बढिरहेको बताउनुभयो। उहाँले दन्त स्वास्थ्यप्रति जनचेतना बढाउने, सबैलाई सेवा उपलब्ध गराउने र दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले संस्था अघि बढेको उल्लेख गर्नुभयो। समाज डेन्टल अस्पतालले निकट भविष्यमा देशका सबै ७७ जिल्लामा आफ्नो सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
आईसीयूबाट अन्तर्वार्ता लिएको विषयमा प्रेस काउन्सिलको ध्यानाकर्षण
सोमबार, भदौ २९, २०८३
बैतडीमा भिरबाट लडेर स्वास्थ्य स्वयंसेविकाको मृत्यु
सोमबार, भदौ २९, २०८३
दर्ता नभएका जडीबुटीयुक्त सुगन्धित तेलको बिक्री रोक्न सरकारको निर्देशन
सोमबार, भदौ २९, २०८३
आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल
सोमबार, भदौ २९, २०८३
