क्रियटर्स आईभिएफ नेपालकी निःसन्तान उपचार विशेषज्ञ डा. रिनी प्रधानको पेशागत यात्रा मेडिकल शिक्षा मात्र होइन, अनुभव, समर्पण र भावनात्मक संवेगसँग पनि गाँसिएको छ । पाँच वर्षभन्दा बढी समयदेखि नेपालकै पहिलो वरिष्ठ आईभीएफ विशेषज्ञ डा. सानुमैंया श्रेष्ठसँग काम गर्दै आउनुभएकी डा. रिनी आफ्नो करिअरलाई निःसन्तान दम्पतीको जीवनमा उज्यालो दिने लक्ष्यसहित अघि बढाइरहनुभएको छ ।
एमडीपछि अध्यापन, त्यसपछि ‘फेलोसिप’ यात्रा :स्त्री तथा प्रसूति विषयमा एमडी सम्पन्न गरेपछि डा. रिनी धुलिखेल र पाटन अस्पतालमा लेक्चररका रूपमा अध्यापनमा लाग्नुभयो । तर केही समयपछि उहाँले आफ्नो रुचि र भविष्य इन्फर्टिलिटी (निःसन्तान उपचार) मा देख्नुभयो । त्यसैको सिलसिलामा उहाँले भारतमा एक वर्षे फेलोसिप पूरा गर्नुभयो ।
तर उहाँले महसुस गर्नुभयो—‘फेलोसिप एक प्रारम्भिक पाइला मात्र हो, वास्तविक ज्ञान त निरन्तर सिकाइ र अभ्यासमै छ ।’ त्यसैले उहाँ नेपाल फर्किएर डा. सानुमैंया श्रेष्ठको सुपरभिजनमा दुई वर्षको पोष्ट–फेलोसिप कोर्षमा सहभागी हुनुभयो ।
‘फेलोसिप’ अपुग लाग्ने, ‘अनुभव’ परिपक्व बनाउनेः डा. रिनीका अनुसार, इन्फर्टिलिटी उपचार अत्यन्त संवेदनशील विषय हो । यहाँ केवल मेडिकल ज्ञान मात्र पर्याप्त हुँदैन, मानसिक अवस्था बुझ्न सक्ने क्षमतासमेत अत्यावश्यक हुन्छ । ‘निःसन्तान समस्या आफैंमा भयावह हुन्छ’—उहाँ भन्नुहुन्छ—‘यसले मानिसलाई भित्रैदेखि मानसिक रूपले थिचिरहेको हुन्छ ।
समाजमा पनि यस्ता जोडीहरूप्रति हेर्ने दृष्टिकोण राम्रो छैन । यसरी मौन पीडामा बाँचेका दम्पतीका लागि हामी चिकित्सक मात्र होइन, काउन्सिलर पनि बन्नुपर्छ ।’ यसरी गम्भीर र भावनात्मक विषयसँग जुध्नका लागि अनुभव, संवेदना र निरन्तर सिकाइ आवश्यक हुन्छ भन्ने उहाँले बुझ्नुभयो ।
‘सानुमैंया म्यामको सुपरभिजन मेरा लागि वरदान’: डा. सानुमैंया श्रेष्ठसँग काम गर्न पाउनु डा. रिनीका लागि ‘लक्की’ अवसर हो । नेपालमै पहिलो आईभीएफ विशेषज्ञको सुपरभिजनमा काम गर्न पाउनु उहाँको करिअरको निर्णायक मोड बनेको छ । ‘उहाँसँग काम गर्दा मैले उपचारमा परिपक्वता, धैर्यता र विश्वास सिकेँ’—‘उहाँ भावुक हुँदै सुनाउनुहुन्छ—‘आज म जुन स्थानमा छु, त्यो डा. सानुमैंयाको गाइडेन्स र शिक्षाको परिणाम हो ।’
उपचारमा इमान्दारी, संवेदनशीलता र सटीकताः निःसन्तान उपचार सामान्य ‘प्रोटोकल’ मात्र होइन । यो प्रत्येक दम्पतीको भिन्न अवस्थासँग सम्बद्ध हुन्छ । डा. रिनी भन्नुहुन्छ—‘प्रत्येक केस फरक हुन्छ । हामीलाई चिकित्सा मात्र होइन, साइकोलोजिकल काउन्सिलिङ र इमान्दार मूल्यांकन आवश्यक हुन्छ ।’ ‘अनावश्यक उपचार दिँदैनौं । केस राम्रोसँग विश्लेषण गर्छौं, समस्याको कारण पहिचान गर्छौं र दम्पतीलाई पूरा जानकारीसहित मात्र उपचारमा लैजान्छौं ।’—उहाँले प्रष्ट पार्नुभयो ।
ट्रान्सभेजाइनल स्क्यान चलाउने दक्षता र क्लिनिकल इन्पुटः निःसन्तान उपचारमा विशेष महत्व राख्ने एउटा सीप हो—‘ट्रान्सभेजाइनल स्क्यान चलाउने दक्षता ।’ प्रारम्भिक चरणमा यो स्क्यान म्यानिपुलेसन कठिन मानिएको थियो तर डा. सानुमैंयाको प्रशिक्षणमा अहिले डा. रिनी त्यो मेसिन कुशलतापूर्वक चलाउने स्थितिमा पुग्नुभएको छ । ‘यो स्क्यानबाट युटेरस र ओभरीमा के भइरहेको छ भन्ने बुझ्न सकिन्छ र त्यसकै आधारमा उपचारको मोडालिटी निर्धारण गरिन्छ’—उहाँले भन्नुभयो ।
आगामी लक्ष्यः गुणस्तरीय सेवा, दम्पतीको भरोसाः डा. रिनी भन्नुहुन्छ—‘म इमान्दारीपूर्वक उपचार गर्दै आइरहेकी छु र आगामी दिनमा अझ बढी जिम्मेवार भएर यो क्षेत्रमै समर्पित रहने छु ।’ उहाँका अनुसार, निःसन्तान उपचार केवल टेक्निकल कुरा होइन । यहाँ मानवीय भावना, भरोसा र सामाजिक संवेदना मिसिएको हुन्छ ।
त्यसैले हामी चिकित्सकका लागि यो एक किसिमको सामाजिक उत्तरदायित्व हो । क्रियटर्स आईभीएफ नेपालमा डा. सानुमैंया श्रेष्ठको टिममा रहेर इन्फर्टिलिटी उपचारमा दक्षता हाँसिल गर्नुभएकी डा. रिनी आजका दिनमा विश्वासिलो चिकित्सकका रूपमा परिचित हुनुहुन्छ । उहाँ जस्ता डाक्टरहरूका कारण नै निःसन्तान समस्याबाट गुज्रिरहेका सयौं दम्पतीले फेरि आशाको उज्यालो देख्न थालेका छन् ।
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
