शरीरको पीडाभन्दा पनि कहिलेकाहीँ मनको चोट ठूलो हुन्छ । खासगरी त्यस्ता जोडीहरूका लागि जसले सन्तानको आशामा धेरै ठाउँमा उपचार गराउँछन् । हजारौं खर्च गर्छन् । तर हात रित्तो हुन्छ ।
उपचार लम्बिएको यात्रा, समाजको टिप्पणी, आफन्तका आशा र भित्रभित्रै गल्दै गरेको आत्मा—यी सबैले गर्दा उनीहरू न त पूर्णरूपमा बिरामी हुन्छन्, न त पूर्ण स्वस्थ । यिनै पीडित मनहरूलाई सहारा दिने काम गरिरहेका छौं भन्नुहुन्छ क्रियटर्स आईभीएफ नेपालकी क्लिनिकल नर्स इन्चार्ज सविना ग्वाँछा ।
सविनाले डा. सानुमैंयालाई झण्डै १८ वर्षदेखि निरन्तर साथ दिँदै आउनुभएको छ ।
सुरुमा ग्लोबल हस्पिटल अन्तर्गतको आईभीएफ नेपालमा काम सुरु गर्नुभएकी सविना क्रियटर्स आईभीएफमा विगत १० वर्षदेखि डा. सानुमैंयासँगै कार्यरत हुनुहुन्छ । जहाँ डाक्टरले के उपचार आवश्यक छ भनेर हेरेपछि मात्र प्रक्रिया अघि बढ्छ ।
धेरै बिरामी बाहिर उपचार गरेर थाकेका हुन्छन् । उनीहरू डिप्रेस्ड र फ्रस्टेटेड हुन्छन् । अनि आफ्नो पीडा सुनाउँछन् । चिन्ताका आँशु बगाउँछन् । हामी सुन्छौं, बुझ्छौं र काउन्सिलिङ गर्छौं । सामान्य उपचारभन्दा बढी यहाँ दिइने मानसिक सान्त्वनाले बिरामीको आत्मबल विस्तारै बढ्दै जान्छ । आशाको डोरी फेरि गाँसिन्छ । उपचारको सफलता दरमा पनि सकारात्मक असर पार्छ । हामीले उनीहरुलाई काउन्सिलिङ गर्छौं । साइकोलोजिकल सपोर्ट पाउँदा उनीहरुको मनमा एकदमै हलुका महसुस हुन्छ । उनीहरु भन्छन्—‘हामी त क्रियटर्स आईभीएफ नेपाल आएपछि नै पहिलो पटक मानसिकरूपमा रिल्याक्स भएका छौं ।’
निःसन्तान दम्पतीहरुले क्रियटर्स आईभीएफ नेपालमा एकदमै शान्त र सहज वातावरण पाउनुहुन्छ । जहाँ डर, संकोच, हिच्किचाहट—यी सबैलाई पछाडि छोडेर बिरामी आफ्नो पीडा खुलस्त पोख्न सक्छन् । यहाँको वातावरण धेरै राम्रो लाग्यो भनेर बिरामीहरू बारम्बार भन्ने गर्छन् । उनीहरू भन्छन्—‘हामी यत्रो समयदेखि संघर्ष गरिरहेकै थियौं । तर यहाँ आइपुग्दा जीवनको एउटा नयाँ सुरुवात् भएको महसुस भयो ।’
आईभीएफ उपचार एउटा चिकित्सकीय प्रक्रियामात्र नभई भावनात्मक यात्रा समेत हो । यस्तो यात्रामा सहानुभूतिपूर्ण व्यवहार, समय दिन सक्ने स्टाफ र हौसला दिने वातावरणले ठूलो प्रभाव पार्दछ । हामी बिरामीका हरेक कुरा सुन्छौं । उनीहरूको मनमा के छ—त्यो बुझ्ने कोसिस गर्छौं । हामीकहाँ आउने धेरै जोडीहरू दुःखी भएर आउँछन् ।
तर प्रक्रिया सुरु गरेपछि सकारात्मक भएर जान्छन् । अन्तमा सफल भएपछि त उनीहरू यति धेरै खुशी हुन्छन् कि त्यो खुशी देख्दा हामी पनि अभिभूत हुन्छौं । यिनै कारणले गर्दा क्रियटर्स आईभिएफ नेपाल आज नेपालमा निःसन्तान उपचारको मात्र केन्द्र होइन, भरोसा, हिम्मत र नयाँ जीवनको केन्द्र बनेको छ । यहाँको प्रविधि, दक्ष चिकित्सक टोली र संवेदनशील नर्सिङ सेवाले हजारौं जोडीको जीवनमा नयाँ उज्यालो ल्याएको छ ।
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
