नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न चीन सरकारसँगको सहकार्यमा परियोजना कार्यान्वयन गर्न ‘लेटर अफ एक्स्चेन्ज’मा हस्ताक्षर गर्ने अनुमति प्रदान गरेको छ।
नायव महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले साउन २ गतेदेखि लागु हुने गरी पेश गर्नुभएको स्वैच्छिक अवकाश स्वीकृत गरिएको छ।
सरकारी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सिंहदरबारमा साउन ४ गते सम्पन्न मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै यस्ता जानकारी दिनुभएको हो।
यसका साथै, भुटानको थिम्पुमा साउन १३–१५ गते आयोजना हुने ‘दक्षिण एसियामा दिगो कृषि–खाद्य प्रणालीका लागि एग्रो–इकोलोजिकल प्रविधिको प्रवर्द्धन’ विषयक कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य गङ्गादत्त अवस्थीलाई सहभागी हुन स्वीकृति दिइएको छ।
त्यसैगरी, चीनको सान्दोङ प्रान्तमा साउन ८–१० गतेसम्म हुने ‘२०२५ इन्टरनेसनल कन्फ्रेन्स अन रिड्युसिङ फुड लस एन्ड वेस्ट’ कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मालाई अनुमति दिने निर्णय गरिएको छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

