नेभिगेशन

आधुनिक चिकित्सा प्रविधिको उज्यालोभित्र एउटा आशा

प्रधानको नेतृत्वमा यस संस्थाले आधुनिक प्रविधि र भावनात्मक परामर्शलाई जोड्दै सेवा प्रदान

ललितपुरको सातदोबाटोको एक कुनामा, आधुनिक चिकित्सा प्रविधिको उज्यालोभित्र एउटा आशाको झिल्को पलाइरहेको छ—क्रियटर्स आईभीएफ नेपाल । यो संस्था आज सन्तान प्राप्तिको सपना बोकेका सयौं दम्पतीको भावनात्मक यात्राको एक प्रमुख थलो बनिसकेको छ । यसको नेतृत्वमा त्रिवेणी मान सिंह प्रधान, जो संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुुनुहुन्छ ।

प्रधानका शब्दहरू सरल छन् । तर त्यसमा संकल्प, संवेदना र प्रतिबद्धता प्रस्ट झल्किन्छ । भन्नुहुन्छ—‘जहाँसम्म हाम्रो सेवाको स्ट्याण्डर्डको कुरा छ, हामीले निःसन्तान दम्पतीहरुलाई एक परिष्कृत सेन्टरको रुपमा सेवा दिइरहेका छौं । मोर्डन क्वालिटी मेन्टेन गर्ने सवालमा दत्तचित्त र कटिवद्ध छौं ।’ परिष्कृत सेन्टर भन्नुको अर्थ यो केवल प्रविधिमा मात्र सीमित छैन, सेवा दिने तरिका, डाक्टर र स्टाफको व्यवहार, बिरामीप्रति अपनाउने दृष्टिकोणसम्ममा प्रतिबिम्बित हुन्छ ।

परिष्कृत सेवा र मानवीय संवेदना

क्रियटर्स आईभिएफ नेपाल केवल एक उपचार केन्द्र मात्र होइन, यो ती महिलाहरूको आँशु पुछ्ने थलो पनि हो, जो लामो समयदेखि मातृत्वको पर्खाइमा हुनुहुन्छ ।

प्रधानको नेतृत्वमा यस संस्थाले आधुनिक प्रविधि र भावनात्मक परामर्शलाई जोड्दै सेवा प्रदान गर्दै आएको छ ।

मोडर्न क्वालिटीप्रति कटिबद्धता

नेपालमा आजभोलि हेल्थकेयर क्षेत्र तीव्र गतिमा अगाडि बढिरहेको छ । तर त्यही गति भित्र गुणस्तर गुमाउने खतरा पनि उत्तिकै छ । यही चुनौती भित्र त्रिवेणी प्रधानजस्तो नेतृत्वले क्रियटर्सलाई फरक बनाएको छ । उहाँ भन्नुहुन्छ—‘हामी विश्वसनीय स्वास्थ्य सेवातर्फ केन्द्रित छौं ।’ अन्तर्राष्ट्रिय मानकअनुसारको उपचार सेवा, ट्रान्सपरेन्सी र क्लिनिकल इथिक्स— यी तीन कुरामा केन्द्र दत्तचित्त छ । सेवा मात्र होइन, यसको सम्पूर्ण प्रणाली एउटै मूल सोचमा आधारित छ—‘बिरामीको सपना हाम्रो जिम्मेवारी ।’

फरदर डेभलप्मेन्टः भविष्यको परिकल्पना

क्रियटर्स आईभिएफ नेपालको अबको यात्रामा विस्तार, नयाँ प्रविधिको समावेश र शोधकार्यमा केन्द्रित सेवा स्थापना गर्न चाहन्छ । प्रधान भन्नुहुन्छ—‘हामी केवल सन्तान प्राप्तिको उपचारमा मात्र सीमित छैनौं, हामी एक जेनेरेशन परिवर्तनको सूत्रपात गरिरहेका छौं ।

विश्वास, प्रविधि र सेवा–तीनै कुराको संगम

नेपालको फर्टिलिटी चिकित्सा क्षेत्रमा क्रियटर्स आईभिएफ नेपाल अब एउटा ट्रस्ट ब्रान्ड बनिरहेको छ । यसको नेतृत्वकर्ता त्रिवेणी मान सिंह प्रधान, केवल एक व्यवस्थापक मात्र होइन, ती सपना बुनेका अनुहारहरूका प्रेरक शक्ति हुनुहुन्छ । उहाँको दृढता, दृष्टिकोण र मानवीय समझदारीका कारण क्रियटर्सले चिकित्सा सेवाको परिभाषालाई नयाँ आयाम दिएको छ । ‘सपना देख्न सजिलो छ । तर त्यो सपना पुरा गर्न जुन सेवा, समझदारी र संवेदनाको आवश्यकता हुन्छ, त्यसमा हामी कहिल्यै पछि हट्दैनौं ।’–प्रधान भन्नुहुन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप करियर