नेपाल हेल्थ न्युज, काठमाडौं । सन्तान प्राप्तिको सपना बोकेर अस्पताल आउने हजारौं दम्पतीका कथाहरू उपचारको प्रक्रियासँगै जीवन्त रहन्छन् । ती कथाहरूलाई सुरक्षित, वैज्ञानिक र भविष्य उपयोगी बनाउने कार्य पछाडिबाट गर्दै आउनुभएको छ सजनी ब्याँ श्रेष्ठ । क्रियटर्स आईभीएफ नेपालमा विगत दुई वर्षदेखि मेडिकल रेकर्ड अफिसर इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनुभएकी उहाँ भन्नुहुन्छ—‘आईभीएफ उपचारमा मेडिकल रेकर्डको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।’
उहाँको कार्य केवल कागजमा विवरण टिपोट गर्ने मात्र होइन, उपचारका प्रत्येक चरणको वैज्ञानिक दस्तावेजीकरण गर्ने हो । टाइम्ड इन्टरकोर्स (टीआई), इन्ट्रा युटेराइन इन्सेमिनेसन (आईयूआई) र इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) — यी सबै उपचारका विवरण उहाँ डिजिटल सफ्टवेयर, एक्सेल फाइलमार्फत व्यवस्थित तरिकाले राख्नुहुन्छ । ‘यी सबै हामी पछि डाटा एनालाईसिस गर्ने विधि (एपीएसएस) मा लगेर विश्लेषण गर्छौं । सजनीको नेतृत्वमा तयार हुने डाटाबाट हरेक वर्ष संस्थाले वार्षिक रिपोर्ट तयार गर्छ ।
जसमा प्री—क्लिनिकल प्रेग्नेन्सी रेटदेखि लिएर लाइभ वर्थ (बच्चा जन्मिएको दर) सम्मको सटीक तथ्याङ्क समेटिएको हुन्छ ।
डाटा नभई कुनै पनि उपचारको सफलता वा असफलता मापन गर्न सकिँदैन । आईभीएफमा त यो झनै अनिवार्य हुन्छ । नेपालमा अझै इन्फर्टिलिटीसम्बन्धी पर्याप्त अनुसन्धान र नीति बनेका छैनन् ।
तर सजनीको टोलीले राखेका व्यवस्थित रेकर्ड भविष्यमा नीतिनिर्माणको आधार बन्नसक्ने छन् । ‘यदि राज्यले चाह्यो भने हामी एक्युरेट तथ्याङ्क दिन सक्छौं’—उहाँ भन्नुहुन्छ—‘किनभने हामीले सबै डाटा मेन्टेन गरेर राखेका छौं ।’ सजनी जस्ता व्यवसायिक र समर्पित व्यक्तिहरूका कारण आईभीएफ जस्तो संवेदनशील र वैज्ञानिक प्रक्रियामा पारदर्शिता र प्रगतिको आधार बलियो बन्दै गएको छ । उपचार कक्ष बाहिर बसेर पनि उहाँले उपचारको गहिरो प्रभाव पार्ने काम गरिरहनुभएको छ—तथ्याङ्कमार्फत् दम्पतीको सपनालाई तथ्यगत सफलता बनाउन सहयोग गर्दै ।
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
