नेपाल हेल्थ न्युज, डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख सरकारी स्वास्थ्य संस्था डडेल्धुरा अस्पतालमा पहिलोपटक ११औं तहका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त हुनुभएको छ।
स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखाकी पूर्व निर्देशक डा. सुधा देवकोटा डडेल्धुरा सरुवा भई शुक्रबारबाट औपचारिक रूपमा कार्यभार सम्हालनुभएको छ।
जिम्मेवारी ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै डा. देवकोटाले भन्नुभयो, “आजदेखि काम सुरु गरेकी छु। अस्पतालको सेवा स्तरमा सुधार ल्याउने योजना छ, त्यसैअनुसार अघि बढ्नेछु।”
डडेल्धुरा अस्पतालमा ११औं तहको दरबन्दी त पहिले नै रहेको भए पनि, वरिष्ठ चिकित्सकहरूले त्यो जिम्मेवारी लिन खासै चासो देखाउँदै आएका थिएनन्। तर डा. देवकोटाले भने सरकारले तोकेको स्थानमा सेवा दिनु कर्तव्य हो भन्ने भावना राखेर जिम्मेवारी स्वीकार गर्नुभएको हो।
उहाँको आगमनसँगै अस्पताल सुधारप्रति नयाँ आशा पलाएको अस्पतालका कर्मचारीहरूले बताएका छन्। स्वागत कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र निवर्तमान निमित्त डा. नरेन्द्रकुमार खनालले डा. देवकोटालाई औपचारिक रूपमा स्वागत गर्नुभएको थियो।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
