नेपाल हेल्थ न्युज, ललितपुर । स्वास्थ्य क्षेत्रको संवेदनशीलता र मर्यादालाई ध्यानमा राखेर काम गर्नेहरुका प्रयासहरू कहिलेकाहीँ पृष्ठभूमिमा छुट्छन् । तर क्रियटर्स आईभीएफ नेपालमा हाउसकिपिङ इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउनुभएकी अञ्जु तण्डुकार त्यसको अपवाद हुनुहुन्छ ।
उहाँ स्वास्थ्य क्षेत्रको स्वच्छता व्यवस्थापनमा झण्डै दुई दशकदेखि क्रियाशील हुनुहुन्छ । उहाँले डा. सानुमैंया श्रेष्ठलाई झण्डै १८ वर्षदेखि निरन्तर साथ दिँदै आउनुभएको छ ।
सुरुमा ग्लोबल हस्पिटल अन्तर्गतको आईभीएफ नेपाल प्रा.लि.मा काम सुरु गर्नुभएकी अञ्जुले डा. सानुसँगै क्रियटर्स आईभीएफमा पनि सुरुदेखि काम गर्दै आउनुभएको छ । ‘यो मेडिकल फिल्ड हो’—उहाँ भन्नुहुन्छ—‘यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।’ क्रियटर्स आईभीएफ नेपाल जस्तो संवेदनशील क्षेत्र जहाँ दम्पतीहरूको सपनाले आकार लिन्छन्, त्यहाँ हरेक कोठा, हरेक सतह र हरेक उपकरणको सरसफाइ अत्यन्त महत्वपूर्ण हुन्छ ।
अञ्जु भन्नुहुन्छ—‘सफा र व्यवस्थित वातावरणले बिरामीमा सकारात्मक प्रभाव पार्छ, यो हाम्रो जिम्मेवारी पनि हो र गर्वको विषय पनि ।’ हाउसकिपिङ इन्चार्जको रुपमा उहाँले सरसफाइको अनुगमन गर्नुहुन्छ । तर आवश्यकता अनुसार कर्मचारीलाई तालिम दिनेदेखि लिएर प्रत्येक विभागसँग समन्वय समेत गर्नुहुन्छ । ‘हामी सबैको सरसल्लाह र नियमअनुसार काम गर्छौं—उहाँ थप्नुहुन्छ— ‘अहिलेसम्म सरसफाइको विषयमा कुनै गुनासो आएको छैन, त्यो हाम्रो समर्पणको प्रमाण हो ।’ उहाँको अनुभवमा हाउसकिपिङको काम केवल सफा गर्नु मात्र होइन, बिरामी, चिकित्सक र अन्य कर्मचारी सबैलाई सुरक्षित र सहज वातावरण प्रदान गर्नु पनि हो । क्रियटर्स आईभिएफ नेपाल जस्तो अग्रणी स्वास्थ्य संस्थाको सफलताको पछाडि चिकित्सक र नर्स मात्र होइनन्, अञ्जु तण्डुकार जस्ता ब्याकएण्ड योद्धाहरूको पनि अतुलनीय योगदान रहेको छ ।
उहाँको अनुशासन, समर्पण र निरन्तरता स्वास्थ्य संस्थामा देखिएको स्वच्छता र सकारात्मक वातावरणको आधारस्तम्भ हो ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

