नेभिगेशन

हरेक दिनको कार्य स्मुथ बनाउने प्रयास: सेवा, समय र सफलताका प्रत्येक मिनेटमा उहाँहरूको छायाँ 

नेपाल हेल्थ न्युज, ललितपुर । क्रियटर्स आईभीएफ नेपालमा सात वर्षदेखि एडमिन म्यानेजरको भूमिकामा कार्यरत सजना श्रेष्ठले निःसन्तान दम्पतीका लागि गरिने उपचार प्रक्रियालाई सहज बनाउन व्यवस्थापन पक्ष सुदृढ पार्दै आइरहनुभएको छ ।

वि.सं. २०७४ सालदेखि क्रियटर्स आईभीएफ नेपालमा आवद्ध रहनुभएकी श्रेष्ठ आफू म्यानेजमेन्ट क्षेत्रको व्यक्ति भए पनि यस संस्थामा आएपछि मात्रै आईभीएफ सेवा र टेष्टट्युव बेबीको संवेदनशील प्रकृति बुझ्न पाएको बताउनुहुन्छ ।

हरेक दिन भइरहने कार्यमा ह्याम्पर नहोस् भनेर  व्यवस्थापन गर्ने मेरो जिम्मेवारी हो । यसमा दैनिक शल्यक्रियाका लागि स्टाफ व्यवस्थापनदेखि अपरेसन स्मुथ्ली अघि बढाउन सबै कुरामा ध्यान दिनुपर्छ ।

बिरामीको भीड हुने भएकाले रिसेप्सनदेखि नर्सिङसम्म आवश्यकताअनुसार स्वयं पनि सक्रिय सहयोग गर्नुपर्छ । हाम्रो टिमवर्क राम्रो छ । रिसेप्सन व्यस्त भएमा म आफैं सहयोग गर्छु, नर्सिङमा स्टाफ कम हुँदा पनि को–अर्डिनेसन गर्छु’—उहाँ भन्नुहुन्छ—‘हामी सबै मिलेर उपचार सेवालाई स्मुथ्ली चलाउनेतर्फ केन्द्रित छौं ।’ आईभीएफ सेवामा व्यवस्थापन गर्नु भनेको केवल प्रशासनिक काम मात्र हुँदैन, संवेदनशील मानवीय पक्ष पनि बुझ्नुपर्छ ।

सजना श्रेष्ठको सात वर्षे अनुभव केवल संस्थागत निष्ठा मात्र होइन, यो भावना र व्यवस्थापनको समन्वयबाट बनेको सफल यात्रा हो । सजना भन्नुहुन्छ—‘यहाँ मैले मेरो फिल्ड मात्र होइन, मानिसको संवेदना पनि बुझ्न सिकें ।’ क्रियटर्स आईभीएफ नेपालका चिकित्सकहरूले जहाँ सफल उपचारमा योगदान दिइरहनुभएको छ, त्यहाँ सजना श्रेष्ठजस्ता व्यवस्थापकहरू पृष्ठभूमिमा उभिएर सेवा प्रणालीलाई सन्तुलनमा राख्न अहोरात्र लागिरहनुभएको छ । उहाँहरूको योगदान अक्सर देखिँदैन । तर सेवा, समय र सफलताका प्रत्येक मिनेटमा उहाँहरूको छायाँ अवश्य देख्न सकिन्छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप रिपोर्ट विशेष