नेपाल हेल्थ न्युज, काठमाडौं । क्षयरोगको पहिचान तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रलाई अत्याधुनिक प्रविधियुक्त आठ थान परीक्षण मेसिन तथा आवश्यक किटहरू हस्तान्तरण गरेको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा आयोजित कार्यक्रममा महाशाखाका निर्देशक डा. पवनजंग रायमाझीले केन्द्रका निर्देशक डा. श्रीराम तिवारीलाई ती उपकरणहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको हो।
विभागले खकारको परीक्षण गरी क्षयरोग पत्ता लगाउने मेसिन मोलिक्युलर डब्लुएचओ रिकोमेन्डेड रेपिड डाग्नोस्टिक (एमडब्लुआरडी) आठ थान र मेसिन उपलब्ध गराएको हो ।
डा. तिवारीका अनुसार, यी ‘जीन एक्सपर्ट’ मेसिनले परीक्षण प्रक्रिया अझ सरल र द्रुत बनाउनेछन्। उहाँले थप जानकारी दिँदै भन्नुभयो, “यी प्रविधिहरू आधुनिकतासँग मेल खाने छन् र क्षयरोगको छिटो पहिचानमा टेवा पुग्नेछ।”
स्वास्थ्य सेवा विभागका अनुसार, आठ थान मेसिन र पाँच हजार थान किटहरूको संयुक्त लागत करीब ३ करोड ८४ लाख रुपैयाँ बराबर पर्छ।
हाल राष्ट्रिय केन्द्रले देशभरका ११८ स्थानमा यस्ता परीक्षण मेसिन प्रयोग गर्दै आएको छ, जसमा प्रादेशिक अस्पतालहरू र जनस्वास्थ्य प्रयोगशालाहरू पनि समावेश छन्। डा. तिवारीले नयाँ प्राप्त मेसिनहरू परीक्षण चाप बढी रहेका स्थानहरूमा प्राथमिकताका साथ पठाइने जानकारी दिनुभयो।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
