नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल सरकारको स्वास्थ्य सेवा विभागले देशभरका ३५ सरकारी अस्पताल तथा स्वास्थ्य प्रतिष्ठानहरूलाई आधुनिक चिकित्सा उपकरणहरू प्रदान गरेको छ। विभागले आज राजधानीमा आयोजित एक कार्यक्रममा करिब रु ७० करोड मूल्य बराबरका स्वास्थ्य उपकरणहरू हस्तान्तरण गरेको हो।
उक्त कार्यक्रममार्फत संघ, प्रदेश, जिल्ला, पालिका तथा प्रतिष्ठान तहका विभिन्न अस्पतालहरूलाई अत्यावश्यक औजार तथा उपकरण उपलब्ध गराइएको हो। हस्तान्तरण कार्यक्रममा विभागका महानिर्देशक डा. टङ्कप्रसाद बाराकोटी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठले सहभागी संस्थालाई औपचारिक रूपमा उपकरणहरू बुझाउनुभएको थियो।
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा. पवनजङ्ग रायमाझीले जानकारी दिँदै हालैको आर्थिक वर्ष २०८१/८२ मा खरीद गरिएका उपकरणहरू अस्पतालहरूको आवश्यकतालाई ध्यानमा राख्दै वितरण गरिएको बताउनुभयो।
उपकरण प्राप्त गर्ने स्वास्थ्य संस्थामा वीर अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, सहिद गङ्गलाल हृदय केन्द्र, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती अस्पताल, बैतडी र दैलेखका अस्पतालहरू, कान्ति बाल अस्पताल तथा क्षयरोग नियन्त्रण केन्द्रलगायत रहेका छन्।
उक्त संस्थाहरूलाई मुटु र मिर्गौला सम्बन्धी उपचार उपकरण, डायलासिस मेसिन, प्रयोगशालाका लागि अत्याधुनिक उपकरणहरू, क्षयरोग पहिचानका उपकरण तथा अन्य शल्यक्रिया प्रयोजनका सामग्रीहरू उपलब्ध गराइएको छ।
महानिर्देशक बाराकोटीले उपकरणहरूको प्रयोगद्वारा अस्पतालहरूको सेवा गुणस्तरमा सुधार आउने अपेक्षा व्यक्त गर्दै उपलब्ध सामग्रीको प्रभावकारी उपयोग गर्न आग्रह गर्नुभयो। मन्त्रालयका अतिरिक्त सचिव डा. श्रेष्ठले राज्यको ठूलो लगानीमार्फत उपकरण खरिद गरिएको उल्लेख गर्दै तिनलाई तत्काल प्रयोगमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।
महाशाखाका निर्देशक डा।रायमाझीका अनुसार अहिलेसम्म आव २०८१/८२ मा रु दुई अर्ब एक करोड ९१ लाख ८६ हजार ८४ बराबरको कूल १४ हजार ६१ वटा उपकरण तथा औजारहरु अस्पताललाई हस्तान्तरण गरिसकेको छ ।
स्वास्थ्य कर्मचारीका लागि रोजगारीको अवसर
मंगलबार, वैशाख १५, २०८३
स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका सरकारी गाडी मन्त्रालयमा फिर्ता
मंगलबार, वैशाख १५, २०८३
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणमा, पुनर्वास बिना नहट्ने स्थानीयको अडान
मंगलबार, वैशाख १५, २०८३
वी.पी. कोइराला क्यान्सर अस्पतालको अध्यक्षका लागि आवेदन खुला
मंगलबार, वैशाख १५, २०८३

