नेपाल हेल्थ न्युज, काठमाडौं । आधुनिक स्वास्थ्य सेवामा केवल औषधि वा प्रविधिले मात्र नभई भावनात्मक समर्थनले पनि ठूलो भूमिका खेल्दछ । क्रियटर्स आईभीएफ नेपालकी क्लिनिकल नर्स विना श्रेष्ठले यही अनुभूतिलाई आफ्नो पेशागत जीवनको केन्द्रमा राख्नुभएको छ ।
विगत तीन वर्षदेखि क्रियटर्स आईभीएफ नेपालमा कार्यरत विना भन्नुहुन्छ—‘मैले नर्सिङ अध्ययन त गरेकी थिएँ, तर आईभीएफ मेरो लागि नयाँ फिल्ड थियो ।’ सुरुमा अनभिज्ञ भए पनि अहिले उहाँले यस क्षेत्रमा आफूलाई आत्मसाथ गर्नुभएको छ ।
‘यहाँ काम गर्न पाउँदा एकदमै खुशी महसुस गरेकी छु,’ उहाँ भन्नुहुन्छ—‘यो उपचार प्रक्रियामा रहेका बिरामीहरू धेरैजसो तनाव र चिन्तामा हुने गर्छन् ।’
आईभीएफ उपचारमा आउने दम्पतीहरू शारीरिक मात्र होइन, मानसिक रुपमा पनि संवेदनशील अवस्थामा हुन्छन् । यस्तो अवस्थामा उनीहरुको मनोबल उठाउने काम नर्स जस्ता स्वास्थ्यकर्मीले गर्छन् ।
विना भन्नुहुन्छ—‘उहाँहरूलाई मेन्टल्ली र एमोस्नल्ली सहयोग गर्न पाउँदा मैले स्वास्थ्यकर्मीको जिम्मेवारी अझ गहिरोसँग बुझेकी छु । यस्तो संवेदनशील घडीमा बिरामीसँगको आत्मीयता बनाउँदा नर्सिङको वास्तविक भावना महसुस हुन्छ ।’ उहाँका लागि क्रियटर्स आईभीएफमा काम गर्नु केवल एक पेशा होइन, जीवनकै महत्वपूर्ण अनुभव हो । उहाँ भन्नुहुन्छ—‘यहाँ काम गर्न पाउनु मेरो लागि गर्वको कुरा हो ।’
आईभीएफ सफलता पछाडि नदेखिने योगदान
बुधबार, साउन २८, २०८२
पहिलो रोजगारीमै आत्मविश्वासको उडान
मंगलबार, साउन २७, २०८२
ल्याब असिस्टेन्टबाट सुरुः अब आइभीएफ सफलताको साक्षी
आइतबार, साउन २५, २०८२
औषधिको सुरक्षा र सटीकता सुनिश्चित गर्ने नायिका
आइतबार, साउन २५, २०८२
