नेपाल हेल्थ न्युज, चितवन । चितवनमा साउन महिनाको पहिलो १५ दिनमा २० जनामा डेङ्गु र ३२ जनामा स्क्रब टाइफसको संक्रमण पुष्टि भएको छ। जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएअनुसार डेङ्गु संक्रमितमध्ये १४ जना चितवन जिल्लाका हुन् भने बाँकी अन्य जिल्लाबाट आएका हुन्।
संक्रमितहरू भरतपुर, खैरहनी, रत्ननगर र कालिका नगरपालिकाका हुन्। डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट फैलिने रोग हो, जसले बिहान र साँझ टोक्ने गर्छ। यो रोगबाट बच्न सरसफाइमा ध्यान दिनु र पानी जम्न नदिनु मुख्य उपाय हो।
त्यस्तै, स्क्रब टाइफस संक्रमितमध्ये २३ जना चितवनका हुन्। यो रोग माइट नामक कीराको टोकाइबाट सर्छ, जुन प्रायः झाडी, खेतबारी र फोहोर ठाउँमा पाइन्छ।
स्क्रब टाइफसले उच्च ज्वरो, आँखाको रातोपन, झाडापखाला र शरीरमा रातो दाग ल्याउन सक्छ। रोगबाट जोगिन शरीर छोपिने लुगा लगाउने, जुत्ता प्रयोग गर्ने र भुइँमा नबस्ने सल्लाह जनस्वास्थ्य कार्यालयले दिएको छ।
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

