नेपाल हेल्थ न्युज, चितवन । नेपाल नेत्रज्योति सङ्घ चितवनअन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पताल, ठोरीमा उपचार गराउने बिरामीमध्ये करिब ९० प्रतिशत भारतीय नागरिक रहेका छन्। भारतसँगको सिमाना नजिक रहेकाले पश्चिमी चम्पारणलगायतका क्षेत्रबाट बिरामीहरू सहज र किफायती उपचारको लागि ठोरी आउने गरेका छन्।
अस्पताल इञ्चार्ज अङ्कीत श्रीवास्तवका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा कुल १६ हजार २८४ जनाले बहिरङ्ग सेवा लिएका थिए, जसमध्ये १४ हजार १८ जना भारतीय थिए। सोही अवधिमा ८३९ जनाको आँखासम्बन्धी शल्यक्रिया गरिएको थियो। अघिल्लो वर्षमा १५ हजारले सेवा लिएका थिए।
कार्यवहाक अध्यक्ष तेजेन्द्र खड्काले ओपिडी सेवाका लागि मात्र ८० रुपैयाँ शुल्क लिइने हुँदा भारतका नागरिकलाई यो सेवा निकै किफायती र सहज बनेको बताए। खासगरी मोतियाबिन्दु र आँखाको नानीमा चोटपटकसम्बन्धी समस्याका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन्।
भारतको सीमावर्ती क्षेत्रमा विशेष उपचार केन्द्रको अभाव रहेको कारण, त्यहाँका बिरामीलाई गोरखपुरसम्म जानुपर्ने अवस्थाबाट बच्न नेपालतिर आकर्षण बढेको देखिन्छ। अस्पतालले विभिन्न दाताहरूको सहयोगमा कम शुल्कमा गुणस्तरीय सेवा उपलब्ध गराउन सकिरहेको जनाइएको छ।
बिरामीको अवस्थाअनुसार कतिपयलाई भरतपुरसम्म लगेर सेवा प्रदान गरिने गरिएको छ भने, कहिलेकाहीं भरतपुरबाट विज्ञ चिकित्सक टोली ठोरीमै गएर उपचार गर्ने चलन पनि रहेको अस्पताल प्रशासनले जनाएको छ। भरतपुर आँखा अस्पतालले हाल देशभरका २५ स्थानबाट आँखा सेवा प्रदान गर्दै आएको छ।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
