नेपाल हेल्थ न्युज,काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा बिक्री तथा वितरण हुँदै आएको जारको खानेपानीमा फिकल कोलिफर्म (दिसासँग सम्बन्धित जीवाणु) फेला परेको छ। ललितपुरका गोदावरी नगरपालिका, महाँकाल गाउँपालिकाको गोटीखेल र पँधेरे खोलाबाट लिइएका पानीका नमुनामा यो जीवाणु पाइएको हो।
जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भुवन पौडेलका अनुसार संकलित २८ नमुनामध्ये ११ वटा नमुनामा फिकल कोलिफर्मको संक्रमण देखिएको छ। यसअघि पनि उपत्यकामा वितरण हुँदै आएको जार पानीमा यस्तो जीवाणु फेला पर्ने गरेको थियो।
फिकल कोलिफर्म सामान्यतया मानव वा जनावरको मलमा पाइने जीवाणु हो। यसले दूषित पानी सेवन गर्ने व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार यस्तो दूषित पानी सेवन गर्दा झाडापखाला, टाइफाइड, हैजा, हेपाटाइटिस (ए) लगायत रोगहरू देखिन सक्छन्। लामो समयसम्म यस्तो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने, कलेजो र मिर्गौलामा समस्या आउन सक्ने खतरा रहन्छ। विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीहरूमा जोखिम अझ बढी हुने बताइएको छ।
डा. पुनले वर्षायाममा पानीजन्य रोगको जोखिम बढ्ने भएकाले सावधानी अपनाउन सुझाव दिनुभएको छ। उहाँका अनुसार उमालेर, फिल्टर गरेर, वा क्लोरिन प्रयोग गरेर पानी पिउनु उपयुक्त हुन्छ। साथै, खानाका सामग्री सफा राख्ने, राम्रोसँग पकाएर खाने, भाँडाकुँडा सफा राख्ने, र खाना पकाउने वा खुवाउने बेलामा हात राम्ररी साबुनले धुने बानी बसाल्न आवश्यक छ।
सरकारी निकायले जार तथा धाराको पानीको नियमित निगरानी गर्नु आवश्यक रहेको डा. पुनले औंल्याउनुभयो। साथै, पानीको मुहान सफा राख्न सम्बन्धित निकायहरूलाई ध्यान दिन उहाँले अनुरोध गर्नुभएको छ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
