नेभिगेशन

मुटुसम्बन्धी रोगको जोखिम घटाउने प्राकृतिक जुसहरू

नेपाल हेल्थ न्युज, काठमाडौं। पछिल्लो समय युवा पुस्तामा समेत मुटुसम्बन्धी समस्या बढेको पाइन्छ । वृद्ध वृद्धा हुन् वा युवा, हर्ट अट्याक, कार्डियक अरेस्टजस्ता समस्याहरू सामान्य हुन थालेका छन् । यसको प्रमुख कारण मुटु, खाना र खराब दिनचर्या हुन सक्छ । हामीले सन्तुलित आहार खान छोड्यौँ अनि स्वस्थ जीवनशैली अपनाएनौँ भने हरेक प्रकारको रोगको जोखिम धेरै गुणा बढ्छ ।

मुटु हाम्रो शरीरको त्यो भाग हो, जसले हरेक हिस्सामा रगत पुर्‍याउने काम गर्छ । तर यदि यसले राम्रोसँग काम गरेन भने धेरै गम्भीर रोगहरू उत्पन्न हुन सक्छन् । त्यसैले हरेक दिन आफ्नो आहारमा केही यस्ता खानाहरू समावेश गर्नुहोस्, जुन मुटुको स्वास्थ्यको लागि राम्रो होस् । 


आजको यस लेखमा हामी मुटुको स्वास्थ्यका लागि लाभदायक केही प्राकृतिक र ताजा जुसको बारेमा कुराकानी गर्न गइरहेका छौँ, जसको सेवन स्वास्थ्यका लागि साँच्चै नै लाभकारी हुन सक्छ । 

अनारको जुस 

अनारको जुसमा एन्टिअक्सिडेन्ट र भिटामिन सी पाइन्छ । यसले रगतको प्रवाह सुधार्छ अनि धमनीलाई लचिलो बनाउँछ अनि मुटुलाई स्वस्थ रहन मद्दत गर्छ । 

स्याउको जुस

हरेक दिउँसो एउटा स्याउ खानुका धेरै फाइदाहरू छन् । यसमा हुने घुलनशील फाइबरले एलडीएल ९खराब कोलेस्ट्रोल० कम गर्छ र पोटासियमले रक्तचाप नियन्त्रणमा राख्छ । स्याउको जुसको नियमित सेवनले हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ ।

आँपको जुस

आँपमा भिटामिन सी, ए र ई पाइन्छ । यी तत्त्वहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्छ । यसमा रहेको पोटासियमले मुटुमा दबाब कम गर्छ । 

चेरीको जुस

यो जुस शरीरको लागि धेरै फाइदाजनक छ । यसमा पाइने एन्टिअक्सिडेन्ट र एन्थोसायनिनले रक्तचाप नियन्त्रणमा राख्छ र सुन्निएको कम गर्छ । यसले धमनीहरूलाई लचिलो हुन मद्दत गर्छ । 

किवीको जुस

किवीमा भिटामिन सी, के र पोटासियम पाइन्छ । यिनीहरूले रक्तचाप नियन्त्रणमा राख्छ र रगत जम्नबाट रोक्छ, जसबाट मुटु सुरक्षित रहन्छ । 

ब्लूबेरीको जुस

यसमा पाइने फाइबर र फ्लेभोनोइड्सले कोलेस्ट्रोल कम गर्छ र रक्त प्रवाह सुधार गर्छ अनि मुटु रोगको जोखिम कम गर्छ । 

सुन्तलाको जुस

भिटामिन सी र पोटासियमले रक्तचाप कम गर्छ अनि मुटुको काम गर्ने प्रक्रियालाई राम्रो बनाएर राख्छ ।

अङ्गुरको जुस

विशेष गरी रातो र बैजनी अङ्गुरको जुसमा रेसभेराट्रोल पाइन्छ । यसले रक्त प्रवाहलाई सहज राख्छ र मुटु रोगको सम्भावना कम गर्छ । 

क्रेनबेरीको जुस

क्रेनबेरीमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले धमनीहरूमा प्लाक जम्मा हुनबाट रोक्छ र रक्त नलीहरूलाई स्वस्थ राख्छ । 

अस्वीकरणः यस लेखमा दिइएको जानकारी रोग र स्वास्थ्य समस्याबारे जागरूकता फैलाउने उद्देश्यले मात्रै दिइएको हो । यो कुनै पनि चिकित्सा रायको विकल्प होइन । यसमा दिइएका सल्लाह पालना गर्नु अघि आफ्नो डाक्टरसँग परामर्श गर्नुहोला । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप स्वाद पनि स्वास्थ्य पनि