नेपाल हेल्थ न्युज, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा तथा काजको निर्णय गरेको छ। बैठकले २३ जना सहसचिवलाई नयाँ कार्यस्थलमा सरुवा गरेको छ भने केहीलाई विशेष जिम्मेवारीसहित काजमा खटाइएको छ।
यसैक्रममा, राष्ट्रिय योजना आयोगमा कार्यरत हेमराज सुवेदी र निर्वाचन आयोगमा रहेकी नीता पोखरेल अर्याललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ।
यता, हाल मन्त्रालयमा कार्यरत सहसचिव ऋषिराज आचार्यलाई भने गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजका लागि पठाइएको छ।
सरकारले सरुवा तथा काजका निर्णय आवश्यकताको मूल्याङ्कनका आधारमा गरिएको स्पष्ट पारेको छ। सरुवा गरिएका अधिकृतहरूलाई सम्बन्धित मन्त्रालय तथा विभागमा तोकिएको पदअनुसार जिम्मेवारी दिइनेछ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
