नेपाल हेल्थ न्युज, काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवहरूको सरुवा तथा काजको निर्णय गरेको छ। बैठकले २३ जना सहसचिवलाई नयाँ कार्यस्थलमा सरुवा गरेको छ भने केहीलाई विशेष जिम्मेवारीसहित काजमा खटाइएको छ।
यसैक्रममा, राष्ट्रिय योजना आयोगमा कार्यरत हेमराज सुवेदी र निर्वाचन आयोगमा रहेकी नीता पोखरेल अर्याललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा सरुवा गरिएको छ।
यता, हाल मन्त्रालयमा कार्यरत सहसचिव ऋषिराज आचार्यलाई भने गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजका लागि पठाइएको छ।
सरकारले सरुवा तथा काजका निर्णय आवश्यकताको मूल्याङ्कनका आधारमा गरिएको स्पष्ट पारेको छ। सरुवा गरिएका अधिकृतहरूलाई सम्बन्धित मन्त्रालय तथा विभागमा तोकिएको पदअनुसार जिम्मेवारी दिइनेछ।
प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
