नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस कार्यक्रमका लागि सिट संख्या विस्तार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा सम्पन्न बैठकले यसअघि तोकिएको सिट सीमालाई पुनः समिक्षा गर्दै वृद्धि गर्ने निर्णय लिएको हो।
नयाँ निर्णयअनुसार, एमबीबीएसका लागि सिट संख्या अधिकतम एक सय ३० सम्म पुर्याइनेछ, जुन यसअघि १०० थियो। त्यसैगरी, डेन्टल (बीडीएस) कार्यक्रममा ५० सिटको सीमा बढाएर ६० बनाइएको छ।
एक आयोग सदस्यका अनुसार, मेडिकल कलेजहरुले आवश्यक पूर्वाधार, योग्य जनशक्ति तथा अन्य शैक्षिक मापदण्डहरू पूरा गरेको अवस्थामै यो वृद्धि लागू गरिनेछ। ती सदस्यले भने, “सिट संख्या कलेजको तयारी र गुणस्तरमा आधारित हुनेछ। मापदण्ड पुरा भएमा मात्र थप सिट दिइनेछ।”
सबैभन्दा धेरै सिट पाउने संस्थाहरूमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, र कलेज अफ मेडिकल साइन्सेस (भरतपुर) रहेका छन्, जसले अधिकतम एक सय ३० सिट पाउनेछन्। पोखरास्थित मणिपाल शिक्षण अस्पताललाई एक सय २० सिट दिइने भएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
