नेपाल हेल्थ न्युज, काठमाडौं । अबदेखि २० वर्षदेखि ३५ वर्ष उमेर समूहमा पर्ने महिला तथा पुरुषले मात्र अण्ड र वीर्य दान गर्न पाउने व्यवस्था गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ल्याएको ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालन सम्बन्धी मापदण्ड, २०८२’ मा यो नयाँ प्रावधान समेटिएको हो।
नयाँ मापदण्ड अनुसार, वीर्य दान गर्न चाहने पुरुषले कम्तिमा १५ दिनको फरकमा गरी अधिकतम १० पटकसम्म मात्र दान गर्न पाउनेछन्। उता महिलाले भने कम्तीमा तीन महिनाको फरकमा बढीमा ६ पटकसम्म अण्ड दान गर्न सक्नेछन्।
अण्ड वा वीर्य दान गर्न चाहने व्यक्ति पूरै स्वस्थ हुनुपर्छ। उनीहरूमा कुनै सरुवा रोग हुनु हुँदैन। दान गर्नुअघि पछिल्ला तीन महिनाभित्र रगत, मिर्गौला, कलेजो, रगतको समूह र सरुवा रोगका परीक्षण गरिएका हुनुपर्छ।
दानदाताबाट सहमति लिइनुपर्नेछ भने यदि दाता विवाहित छन् भने उनीहरू दुवै जनाको जानकारीसहितको सहमति अनिवार्य हुनेछ। दाताको व्यक्तिगत परिचय गुप्त राखिनेछ तर नागरिकता प्रमाणपत्रको नम्बर र जारी जिल्ला चाहिँ अभिलेखमा राख्नुपर्नेछ।
कुनै पनि व्यक्तिलाई लोभ, डर वा दबाबमा पारेर अण्ड वा वीर्य दान गर्न लगाउन पाइने छैन। महिलालाई अण्ड दान गर्दा उत्पन्न हुन सक्ने सम्भावित स्वास्थ्य समस्या र जोखिमबारे बुझ्ने भाषामा जानकारी दिनुपर्ने प्रावधान पनि मापदण्डमा राखिएको छ।
यसअघि नाबालिगबाट अण्ड दान गराइएको घटना सार्वजनिक भएपछि सरकारद्वारा यस्तो मापदण्ड ल्याइएको हो, जसले सहायक प्रजनन उपचारलाई थप सुरक्षित, मर्यादित र नियमनमा ल्याउने उद्देश्य लिएको छ।
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
