नेपाल हेल्थ न्युज, काठमाडौं । वैदेशिक रोजगारीका लागि इजरायल जान चाहने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चार वटा स्वास्थ्य संस्था छनोट गरेको छ।
मन्त्रालयका अनुसार अहिलेका लागि स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र किष्टल डायग्नोष्टिक प्रा.लि. लाई सूचीमा समावेश गरिएको छ। तर, नेपाल मेडिसिटी हस्पिटल को सूचीकरण प्रक्रिया भने हाललाई रोकिएको मन्त्रालयले जनाएको छ।
यसअघि उच्च अदालत पाटनले इजरायल रोजगारीका लागि स्वास्थ्य परीक्षण गर्न पाँच संस्थालाई सूचीकरण गर्न निर्देशन दिएको भए पनि मन्त्रालयले हाललाई चारवटालाई मात्र छनोट गरेको हो।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३

