नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि रगत परीक्षणका लागि अस्पताल पठाइएको छ।
पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार, सोमबार बिहान नख्खु कारागारमा सभापति लामिछानेलाई भेट्न गएका उपसभापति डोलप्रसाद अर्यालले उहाँको छालामा पहेँलोपन देखेपछि स्वास्थ्य परीक्षण गरिनुपर्ने सुझाव दिनुभएको थियो।
उहाँको छालाको रङ हेर्दा केही अस्वस्थ जस्तो लाग्यो, त्यसैले परीक्षणका लागि अनुरोध गरिएको हो, झाले बताउनुभयो। हाल उहाँको रगत परीक्षणका लागि अस्पताल पठाइएको छ, तर रिपोर्ट भने आइनसकेको छैन।
लामिछानेलाई दुई दिनअघि मात्र भैरहवा कारागारबाट नख्खु कारागारमा सारिएको हो। उहाँलाई करिब चार सय कैदीबन्दी रहेको ब्लकमा राखिएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई तत्काल कारबाही गर्न चिकित्सक संघको माग
शुक्रबार, असोज २, २०८३
काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि
शुक्रबार, असोज २, २०८३

