नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि रगत परीक्षणका लागि अस्पताल पठाइएको छ।
पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार, सोमबार बिहान नख्खु कारागारमा सभापति लामिछानेलाई भेट्न गएका उपसभापति डोलप्रसाद अर्यालले उहाँको छालामा पहेँलोपन देखेपछि स्वास्थ्य परीक्षण गरिनुपर्ने सुझाव दिनुभएको थियो।
उहाँको छालाको रङ हेर्दा केही अस्वस्थ जस्तो लाग्यो, त्यसैले परीक्षणका लागि अनुरोध गरिएको हो, झाले बताउनुभयो। हाल उहाँको रगत परीक्षणका लागि अस्पताल पठाइएको छ, तर रिपोर्ट भने आइनसकेको छैन।
लामिछानेलाई दुई दिनअघि मात्र भैरहवा कारागारबाट नख्खु कारागारमा सारिएको हो। उहाँलाई करिब चार सय कैदीबन्दी रहेको ब्लकमा राखिएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
