नेपाल हेल्थ न्युज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वास्थ्यमा भिटामिन-डी को कमी पाइएको छ। सोमबार स्वास्थ्यमा केही समस्या देखिएपछि उनलाई परीक्षणका लागि राष्ट्रिय ट्रमा सेन्टरमा रगतको नमुना पठाइएको थियो।
ट्रमा सेन्टरबाट चिकित्सक डा. जितेन्द्र यादवसहितको टोलीले लामिछानेको रगतको नमुना संकलन गरेको थियो। परीक्षणपछि चिकित्सकहरूले भिटामिन-डी को स्तर सामान्यभन्दा कम भएको पुष्टि गरेका छन्।
अस्पताल स्रोतका अनुसार लामिछानेलाई अन्य गम्भीर समस्या भने देखिएको छैन। चिकित्सकको भनाइमा खानपानमा ध्यान नदिनु र घाममा पर्याप्त समय नबिताउनु भिटामिन-डी को कमीको सम्भावित कारण हुन सक्छ।
रिपोर्टको आधारमा चिकित्सक टोली मंगलबार नख्खु कारागारमै गएर लामिछानेलाई आवश्यक स्वास्थ्य परामर्श दिने तयारीमा छ।
स्वास्थ्य विज्ञहरूका अनुसार भिटामिन-डी को कमीले हड्डी कमजोर बनाउने, थकाइ लाग्ने, कपाल झर्ने, शरीर झमझमाउने जस्ता लक्षण देखिन सक्छन्। साथै, यो कमीले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा पनि असर पुर्याउने बताइन्छ।
लामिछानेलाई केही दिनअघि मात्रै भैरहवा कारागारबाट स्थानान्तरण गरी नख्खु कारागार ल्याइएको हो। उनलाई हाल करिब ४ सय कैदीबन्दी रहेको ब्लकमा राखिएको छ।
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
