नेपाल हेल्थ न्युज, कैलाली । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले गेटा मेडिकल कलेजलाई छिट्टै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालनमा ल्याउने बताउनुभएको छ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले यो विश्वविद्यालय अब सञ्चालनका लागि कुनै अवरोध नरहेको र सरकारले यसलाई राष्ट्रिय आवश्यकताको रूपमा अघि बढाउने दृढता व्यक्त गर्नुभयो।
उहाँका अनुसार, कलेज सञ्चालनका लागि आवश्यक कानुनी प्रक्रिया जसमा संसदबाट विधेयक पारित गरिनु, संरचना निर्माण र पदाधिकारी नियुक्ति अब कार्यान्वयनको चरणमा छन्।
मन्त्री पौडेलले भन्नुभयो, छ वटा प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन्, बाँकी रहेको एक प्रदेशमा पनि स्थापना गर्नु हाम्रो दायित्व हो।
विगतमा संघ र प्रदेश सरकारबीच अधिकारको विषयमा उत्पन्न विवादका कारण गेटा कलेजको काम अघि बढ्न नसकेको स्वीकृति दिँदै उहाँले अब यसलाई जनताको आवश्यकता र स्वास्थ्य पूर्वाधारको रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो।
उहाँले गेटा अस्पतालमा ३०० शैय्या क्षमतासहित मेडिकल कलेज सञ्चालनको तयारी गरिएको पनि जानकारी दिनुभयो।
मन्त्री पौडेलले यो परियोजनालाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताउँदै, आफ्नै कार्यकालभित्र पूर्ण सञ्चालन गर्ने प्रतिबद्धता पुनः व्यक्त गर्नुभयो।
उहाँको सक्रियता पछि अस्पतालमा सेवा लिने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको जानकारी दिँदै उहाँले भन्नुभयो, “पहिले दैनिक ५० जना बिरामी आउने गर्थे, अहिले त्यो संख्या ३०० पुगेको छ।”
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
