नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। मौसमी फ्लुको संक्रमणका कारण उनले रुघाखोकी र ज्वरो महसुस गरिरहेका छन्। अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्, उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले बुधबारदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका छैनन् भने बिहीबार पनि उनको कुनै सार्वजनिक कार्यक्रम तय गरिएको छैन।
सचिवालयका एक सदस्यका अनुसार, “प्रधानमन्त्रीलाई मौसमी फ्लु लागेपछि उनी बालुवाटारमै विश्राम गरिरहेका छन् र उनको स्वास्थ्य अवस्था सामान्यभन्दा थोरै कमजोर छ। अत्यावश्यक कामबाहेक अरु कुनै भेटघाट वा कार्यक्रम राखिएको छैन।”
प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सचिवालयले आवश्यक हेरचाह गरिरहेको र उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव
सोमबार, साउन १८, २०८३ट्रेन्डिङ
२
