नेपाल हेल्थ न्युज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। मौसमी फ्लुको संक्रमणका कारण उनले रुघाखोकी र ज्वरो महसुस गरिरहेका छन्। अहिले प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन्, उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री ओलीले बुधबारदेखि कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागिता जनाएका छैनन् भने बिहीबार पनि उनको कुनै सार्वजनिक कार्यक्रम तय गरिएको छैन।
सचिवालयका एक सदस्यका अनुसार, “प्रधानमन्त्रीलाई मौसमी फ्लु लागेपछि उनी बालुवाटारमै विश्राम गरिरहेका छन् र उनको स्वास्थ्य अवस्था सामान्यभन्दा थोरै कमजोर छ। अत्यावश्यक कामबाहेक अरु कुनै भेटघाट वा कार्यक्रम राखिएको छैन।”
प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर सचिवालयले आवश्यक हेरचाह गरिरहेको र उनको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
