नेपाल हेल्थ न्युज, भरतपुर । चितवनको भरतपुरस्थित हाकिमचोकमा अवैध रूपमा सञ्चालन भइरहेको एक डेन्टल क्लिनिकमा नक्कली डाक्टरले उपचार गरिरहेको खुलासा भएको छ। नेपाल मेडिकल काउन्सिलको टोलीले शुक्रबार गरेको अनुगमनमा ‘हेल्दी स्माईल डेण्टल केयर सेन्टर’ नामक क्लिनिक कुनै पनि सम्बन्धित निकायमा दर्ता नभएको पाइयो।
अनुगमन टोलीका अनुसार, सो क्लिनिक विषम चौधरी नामक व्यक्तिले सञ्चालन गर्दै आएका थिए, जसले आफूले भारतको छत्तिसगढबाट डेन्टल अध्ययन (बिडिएस) र काठमाडौंस्थित एक निजी संस्थाबाट सिडिएस गरेको दाबी गरे पनि, उनी नेपाल मेडिकल काउन्सिलमा दर्ता नभएको पुष्टि भएको छ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलबिक्रम कार्की, नेपाल डेण्टल एसोसिएसनका अध्यक्ष डा. अजयकुमार साह, काउन्सिलका सदस्य डा. विक्रान्त ढकाल तथा जिल्ला प्रशासन कार्यालय चितवनका प्रतिनिधिहरूको सहभागितामा अनुगमन गरिएको हो। काउन्सिलमा दर्ता गरिएको गुनासोका आधारमा यो कारबाही अगाडि बढाइएको हो
अनुगमनका क्रममा क्लिनिकमा कुनै योग्य चिकित्सक उपस्थित नरहेको र चौधरी आफैंले बिरामी जाँच गर्ने गरेको खुलेको छ। चौधरी सहित अन्य दुई जना कर्मचारी त्यहाँ कार्यरत रहेका थिए । बिरामीहरूसँग गरिएको सोधपुछमा चौधरीले आफू चिकित्सक भएको भन्दै महँगा परीक्षणहरू सिफारिस गर्ने गरेको आरोप लागेको छ।
सुरक्षाको लागि क्लिनिकको सिसी टिभी फुटेज समेत जफत गरी प्रहरीलाई बुझाइएको छ। अब उक्त सामग्रीको विश्लेषणपछि थप प्रमाणहरू बाहिर आउने अपेक्षा गरिएको छ।
अतिरिक्त सचिव डा. मिश्राको प्रधानमन्त्री कार्यालयमा सरुवा
शुक्रबार, असोज २, २०८३
बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरूद्धको खोप दिइँदै
शुक्रबार, असोज २, २०८३
स्वास्थ्य बीमा अन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
शुक्रबार, असोज २, २०८३
हिमाल डेन्टल हस्पिटलको सीईओमा डा. आचार्य नियुक्त
शुक्रबार, असोज २, २०८३
