नेपाल हेल्थ न्युज, काठमाडौं । ब्रह्माकुमारी संस्थाका पूर्वप्रमुख प्रशासक राजयोगिनी दादी प्रकाशमणिको १८औँ स्मृति दिवस तथा विश्व बन्धुत्व दिवसको अवसरमा सञ्चालन गरिएको विश्वव्यापी रक्तसंकलन अभियानमा नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ।
“एक विश्व, एक परिवार” भन्ने भावनाका साथ सुरु गरिएको यस अभियान अन्तर्गत १०० घण्टाभित्र विश्वभरबाट १ लाख पिन्ट रगत संकलन गर्ने लक्ष्य लिइएको थियो।
नेपालमा विभिन्न स्थानमा रहेका ब्रह्माकुमारी शाखाहरूले स्थानीय संघसंस्था तथा सामाजिक निकायहरूसँग सहकार्य गर्दै चार दिनसम्म रक्तदान कार्यक्रमहरू सञ्चालन गरेका थिए।

भदौ ६ गतेदेखि सुरु भई ९ गतेसम्म चलेको अभियान अन्तर्गत नेपालबाट जम्मा ११ हजार ९१६ पिन्ट रगत संकलन गरिएको अभियानमा संलग्न रमेश आचार्यले जानकारी दिनुभयो। विशेष रूपमा भदौ ८ गते काठमाडौं, जनकपुर, नारायणगढ, हेटौंडा, विराटनगर, पोखरा, नेपालगञ्ज, बुटवल, दाङ, बागलुङ र पाल्पालगायतका विभिन्न शहरहरूमा रक्तदान कार्यक्रमहरू सञ्चालन गरिएको थियो।
त्यसैगरी, अन्तिम दिन अर्थात् भदौ ९ गते मात्र नेपालभरबाट १,४५७ पिन्ट रगत संकलन गरिएको थियो। स्थानीय स्वयंसेवी, युवाहरू तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता देखिएको यो अभियान नेपालमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाप्रतिको जागरूकता अभिवृद्धिमा प्रेरणादायी बनेको छ।
औषधी व्यवस्था विभागका तीन वरिष्ठ व्यवस्थापकको सरुवा, को कहाँ सरुवा भयो?
बुधबार, भदौ ३१, २०८३
हिमभासको दोस्रो संस्करण चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा हुने
बुधबार, भदौ ३१, २०८३
बिनाशल्यक्रिया मुटुको भल्भको उपचार नेपालमै सम्भव बनाउँछौँ : डा. स्मृति शाक्य
बुधबार, भदौ ३१, २०८३
बागलुङमा १४ सयभन्दा बढीमा डेङ्गु, २८२ मा स्क्रब टाइफस पुष्टि
बुधबार, भदौ ३१, २०८३
