नेपाल हेल्थ न्युज, दमौली तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारामा रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नयाँ विद्युतीय चिकित्सा प्रणाली (इएमआर) सेवा उद्घाटन गर्नुभएको छ।
विश्व स्वास्थ्य सङ्गठनले मूल्याङ्कन गरेर २५ लाख २६ हजार रुपैयाँ बराबरको उपकरण प्रदान गरेपछि यो सेवा सुरु भएको हो।
उक्त उपचार केन्द्रलाई दक्षिण एसियामा उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ, सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरेको हो।
शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गामा फैलिएको यो केन्द्रले आगामी दिनमा क्षेत्रीय स्वास्थ्य सेवा सुदृढ पार्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
सीटी स्क्यान मेसिन खरिद घोटाला: तत्कालीन उपकुलपतिसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, माघ १५, २०८२
गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध
बिहीबार, माघ १५, २०८२
मन्त्री शर्माद्वारा जि.पी. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्रको अनुगमन
बिहीबार, माघ १५, २०८२
माधव नेपाल अस्पताल भर्ना
बिहीबार, माघ १५, २०८२
डा. अरुण शाही ‘द म्याक्स फाउण्डेसन’को ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त
बिहीबार, माघ १५, २०८२ट्रेन्डिङ
