नेपाल हेल्थ न्युज, दमौली तनहुँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले शुक्लागण्डकी नगरपालिका-५, बेलचौतारामा रहेको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा नयाँ विद्युतीय चिकित्सा प्रणाली (इएमआर) सेवा उद्घाटन गर्नुभएको छ।
विश्व स्वास्थ्य सङ्गठनले मूल्याङ्कन गरेर २५ लाख २६ हजार रुपैयाँ बराबरको उपकरण प्रदान गरेपछि यो सेवा सुरु भएको हो।
उक्त उपचार केन्द्रलाई दक्षिण एसियामा उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रका रूपमा विकास गर्ने लक्ष्यका साथ, सरकारले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरेको हो।
शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा सात सय ४० रोपनी जग्गामा फैलिएको यो केन्द्रले आगामी दिनमा क्षेत्रीय स्वास्थ्य सेवा सुदृढ पार्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

