नेपाल हेल्थ न्युज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले हैजा संक्रमण फैलिन थालेपछि सतर्कता स्वरूप नगरभित्रका सम्पूर्ण विद्यालयहरू आगामी १३ भदौसम्म बन्द गर्ने निर्णय गरेको छ।
यसअघि आइतबार (९ भदौ) र सोमबार (१० भदौ) दुई दिनका लागि विद्यालयहरू बन्द गरिएको थियो। तर हैजाको जोखिम अझै कायमै रहेको भन्दै मंगलबार महानगरले सूचना जारी गरी ११, १२ र १३ भदौसम्म पनि विद्यालयहरू बन्द राखिने जनाएको हो।
महानगरको निर्णयअनुसार यो अवधिमा नगर क्षेत्रभित्र रहेका सबै सामुदायिक र निजी विद्यालयहरू बन्द रहने छन्। विद्यालय बन्दका बीच, समुदायमा हैजासम्बन्धी जनचेतना फैलाउने उद्देश्यले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई जनचेतनामूलक गतिविधिमा परिचालन गरिनेछ।
महानगरले हैजा नियन्त्रणका लागि आवश्यक जानकारी समेटिएको पोस्टर, पम्प्लेटलगायतका सामाग्रीहरू विद्यालयहरूमा वितरण गर्न शैक्षिक प्रशासन महाशाखालाई जिम्मा दिएको छ। यस कदमले संक्रमण फैलन नदिन र समुदायमा आवश्यक सतर्कता अपनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।

निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
अनसनरत नर्स र मन्त्रालयका प्रतिनिधिबिच वार्ता सुरु
सोमबार, साउन १८, २०८३
नर्सहरूको १५ बुँदे मागसहित वीर अस्पतालमा प्रदर्शन
सोमबार, साउन १८, २०८३
