नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आउनुभएका प्रा. डा. गोविन्द केसीले भदौ १५ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गर्नुभएको छ।
हालै सरकारले निजी मेडिकल कलेजहरूमा विद्यार्थी भर्नाको सिट संख्या बढाउने निर्णय गरेको थियो। सो निर्णयको विरोधमा डा. केसीले सरकारलाई निर्णय फिर्ता लिन आग्रह गर्नुभएको थियो। तर, सरकारको निर्णय यथावत् रहेपछि उहाँले आमरण अनशन गर्ने घोषणा गर्नुभएको हो।
सरकारी मेडिकल कलेजमा सिट बढाउनुपर्ने भन्दै, निजी क्षेत्रमा सिट विस्तार गरिनु उपयुक्त नभएको भन्दै आलोचना भइरहेको छ। डा. केसीले यसअघि पनि चिकित्सा शिक्षा सुधारका लागि पटकपटक अनशन र आन्दोलन गर्दै आउनुभएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
३९ रक्तसञ्चार केन्द्रलाई रगतको मौज्दात विवरण अनिवार्य अद्यावधिक गर्न निर्देशन
बिहीबार, असोज १, २०८३
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
बिहीबार, असोज १, २०८३
कर्णाली प्रदेश अस्पतालका छात्रवृत्ति तथा करार चिकित्सकले गरे ‘पेन डाउन’
बिहीबार, असोज १, २०८३

