नेपाल हेल्थ न्युज, काठमाडौं । लामो समयदेखि चिकित्सा शिक्षा प्रणाली सुधारको माग गर्दै सक्रिय रहनुभएका प्रा. डा. गोविन्द केसीले गेटा मेडिकल कलेजमा पुनः सत्याग्रह सुरु गर्न लाग्नुभएको छ। उहाँ आज दिउँसो १२ः३० बजे पत्रकार सम्मेलनमार्फत आफ्ना भनाइ सार्वजनिक गर्ने र त्यसपछि १ बजेबाट औपचारिक रूपमा सत्याग्रहमा बस्ने कार्यक्रम रहेको उहाँका सहयोगी डा. अमृत जैसीले जानकारी दिनुभयो।
हालै चिकित्सा शिक्षा आयोगको २१औं बैठकबाट एमबीबीएसको सिट संख्या १,३५९ ले बढाएर कुल २,६३५ पुर्याउने निर्णय गरिएपछि प्रा. डा. केसी असन्तुष्ट बन्नुभएको हो। यस्तै, बीडीएस (दन्त चिकित्सक) को सिट संख्या पनि ६२५ मा पुर्याइएको छ।
उहाँको भनाइमा, सरकारी शिक्षण संस्थाहरूमा सिट नबढाई निजी मेडिकल कलेजहरूमा मात्र वृद्धि गर्नु न्यायोचित होइन। यसबाट गुणस्तरीय शिक्षा प्रभावित हुने खतरा रहेको र निजी क्षेत्रका स्वार्थलाई प्राथमिकता दिएको देखिन्छ। धेरै विज्ञहरूको बुझाइमा पनि सिट संख्या विस्तारमा निजी मेडिकल कलेज सञ्चालकको प्रभाव तथा आर्थिक स्वार्थ जोडिएको आशंका गरिएको छ।
उहाँले सरकारलाई यो निर्णय फिर्ता लिन आग्रह गर्दै आउनुभएको थियो, तर जब उक्त मागमा सुनुवाइ भएन, उहाँले सत्याग्रहमार्फत पुनः आन्दोलन थाल्नुभएको हो।
उहाँको धारणा अनुसार, चिकित्सा शिक्षाको मुख्य उद्देश्य योग्य तथा दक्ष जनशक्ति उत्पादन गर्नु हो, जसका लागि गुणस्तरीय शिक्षालाई सुनिश्चित गर्नु अत्यन्त आवश्यक छ।
जुम्लामा रगत अभावको समस्या हुँदैछ समाधान
शुक्रबार, मंसिर १९, २०८२
मानसिक स्वास्थ्य सुधारमा योग–ध्यानको आवश्यकता : मन्त्री गौतम
शुक्रबार, मंसिर १९, २०८२
विश्वभर आज स्वयंसेवक दिवस मनाइँदै
शुक्रबार, मंसिर १९, २०८२
कोभिड खोपले १० बालबालिकाको मृत्युसँग सम्बन्ध राख्न सक्ने प्रारम्भिक निष्कर्ष
शुक्रबार, मंसिर १९, २०८२
