नेपाल हेल्थ न्युज, काठमाडौं । निःसन्तान दम्पतीका लागि भरोसाको केन्द्रका रूपमा परिचित ललितपुर सातदोबाटोस्थित क्रियटर्स आईभिएफ नेपालले आफ्नो १० औं वार्षिकोत्सव विशेष कार्यक्रमका साथ मनाएको छ ।
२०७२ सालमा स्थापना भएको यस केन्द्रले ग्वार्कोस्थित रोयल टुलिप होटलमा आयोजित कार्यक्रममा आफ्ना शुभचिन्तक, चिकित्सक तथा सहकर्मीहरूसँग खुशी साटासाट गरेको हो ।
कार्यक्रमको अध्यक्षता केन्द्रकी अध्यक्ष तथा नेपालकी पहिलो आईभिएफ विशेषज्ञ डा. सानुमैंया श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा फर्टिलिटी सोसाइटी अफ नेपाल (फेसोन) का अध्यक्ष डा. भोला रिजाल, प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्की, डा. लोकबिक्रम थापा, डा. जगदिशलाल वैद्य, डा. उपेन्द्र महतो, पाटन एकेडेमी अफ हेल्थ साइन्सका रेक्टर प्रा.डा. पवन कुमार शर्मालगायत दर्जनौं प्रतिष्ठित व्यक्तित्व र शुभचिन्तकहरूको सहभागिता थियो ।
सो अवसरमा बोल्दै फेसोनका अध्यक्ष डा. भोला रिजालले, ‘निःसन्तान उपचार क्षेत्रमा डा. सानुमैंया श्रेष्ठको योगदान अतुलनीय छ,’ भन्दै उहाँलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यसैगरी सांसद डा. चन्दा कार्कीले डा. सानु र उहाँको टिमलाई आगामी यात्रामा निरन्तर सफलता प्राप्त होस् भन्दै शुभकामना दिनुभयो ।
डा. सानुमैंया श्रेष्ठले क्रियटर्स आईभिएफ नेपाल स्थापना र सफल बनाउन पाएको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै भन्नुभयो— ‘धैर्य, लगनशीलता, मिहिनेत, तीब्र इच्छा, इमान्दारिता, सहयोगी भावना र सकारात्मक सोचका कारण हामीले निःसन्तान उपचारमा महत्वपूर्ण सफलता हाँसिल गरेका छौं ।’
सोही अवसरमा केन्द्रका प्रमुख कार्यकारी अधिकृत त्रिवेणी मानसिंह प्रधान र सञ्चालक समिति सदस्य रहिश श्रेष्ठले पनि भविष्यमा अझै प्रभावकारी सेवासहित निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
वार्षिकोत्सवकै अवसरमा केन्द्रले प्रकाशन गरेको फर्टिलिटी केयरसम्बन्धी विशेष जर्नल सार्वजनिक गरिएको थियो । साथै संस्थामा लामो समयदेखि योगदान पुर्याएका वरिष्ठ कर्मचारी तथा सहकार्य गर्ने साझेदार संस्थाहरुलाई सम्मान पनि गरिएको थियो । 
इनर ह्विल क्लब अफ महालक्ष्मीको नयाँ कार्यसमिति पदस्थापन
सोमबार, साउन १८, २०८३
५ बुँदे सहमतिपछि चिकित्सक आन्दोलन फिर्ता, देशभरका अस्पतालमा नियमित सेवा पुनः सञ्चालन
बुधबार, साउन १३, २०८३
नर्सिङ शिक्षा तथा सेवा सुधार अभियानकी अभियन्ता ज्योति रानाभाट भोलिदेखि सत्याग्रहमा
बुधबार, साउन १३, २०८३
