नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य क्षेत्रका प्रख्यात विशेषज्ञ तथा वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार घोषित हुनुभएको छ।
रास्वपाको सचिवालय बैठकले ९ जना आकांक्षीमध्येबाट थापालाई उम्मेदवार चयन गरेको हो। उम्मेदवार छनोटका लागि १२ भदौमा गरिएको अनलाइन प्राइमेरी इलेक्सनमा थापाले सबैभन्दा बढी भोट प्राप्त गर्नुभएको थियो।
डा. थापा एक अनुभवी तथा प्रतिष्ठित चिकित्सा विज्ञ हुनुहुन्छ, उहाँले एमबीबीएसपछि इन्टरनल मेडिसिनमा डिएम र न्युरोलोजीमा एमडी गर्नुभएको छ।
लामो समयदेखि मस्तिष्क तथा स्नायु प्रणालीसम्बन्धी रोगको उपचारमा संलग्न उहाँ स्वास्थ्य सेवा सुधार तथा विशेषज्ञताको आधारमा समाज परिवर्तन गर्ने उद्देश्यसहित राजनीतिमा सक्रिय हुनुभएको छ।
रास्वपाले थापाको उम्मेदवारीलाई ‘स्वास्थ्य र समृद्धिका पक्षमा जनताको विकल्प’ का रूपमा प्रस्तुत गरेको छ। पार्टीका अनुसार चिकित्सा क्षेत्रको अनुभवलाई नीति निर्माणमा रूपान्तरण गर्ने लक्ष्यसहित डा. थापालाई अघि सारिएको हो।
रुपन्देही–३ मा उपनिर्वाचन केही समयमै सम्पन्न हुने तयारीमा छ, जहाँ थापाले आफ्नो स्वास्थ्य–केन्द्रित दृष्टिकोणसहित प्रतिस्पर्धा गर्नुहुनेछ।
नवीकरण नगरी सञ्चालन गरिएका ४० औषधि पसल बन्द
बिहीबार, असार ४, २०८३
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
बिहीबार, असार ४, २०८३


