नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बलम्बुस्थित सशस्त्र प्रहरी बल (एपीएफ) अस्पतालमा अत्याधुनिक क्षयरोग परीक्षण मेसिन हस्तान्तरण गरी उपचार सेवा सुरु गरेको छ। सो अवसरमा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सेवा शुभारम्भ गर्नुभएको थियो।
कार्यक्रममा मन्त्री पौडेलले क्षयरोगमुक्त नेपाल बनाउन मन्त्रालय निरन्तर प्रयासरत रहेको बताउनुभयो। उहाँले भन्नुभयो, क्षयरोगको छिटो पहिचान गरी हजारौं नागरिकको जीवन बचाउन हामी प्रतिबद्ध छौं। आज जडान भएको यो आधुनिक मेसिनले बिरामीको सही निदान गर्न मद्दत पुर्याउने विश्वास छ।
पहिले यो अस्पतालमा क्षयरोग परीक्षणको सुविधा नभएकाले बिरामीहरूलाई अन्यत्र जानुपर्ने समस्या थियो। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. श्रीराम तिवारीले प्रविधिको महत्व औँल्याउँदै भन्नुभयो, यस नयाँ मोलिक्युलर टेस्ट मेसिनले अब बिरामीलाई दुई घण्टाभित्र नै क्षयरोगको परीक्षण रिपोर्ट उपलब्ध गराउनेछ।
मन्त्रालयले करिब ५० लाख रुपैयाँको लागतमा उक्त मेसिन खरिद गरी अस्पताललाई प्रदान गरेको हो। मन्त्रालयका अनुसार, देशभरका १२८ स्वास्थ्य संस्था तथा अस्पतालहरूमा क्षयरोगसम्बन्धी सेवा उपलब्ध छ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

