नेपाल हेल्थ न्युज, जनकपुरधाम। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत “अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम” को नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ ।
हालसम्मको कार्यकाल सम्पन्न भई श्रम विभागमा दर्ता भइसकेको यस युनियनले विधानअनुसार निवर्तमान कार्यसमितिलाई धन्यवादसहित बिदाई गर्दै नयाँ कार्यकालका लागि कार्यसमिति गठन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा डा.अनिल कुमार ठाकुर, उपाध्यक्षमा डा. राजेश कुमार शाह, सचिवमा अजित कुमार तिवारी, सह–सचिवमा ई. पवन कुमार महतो र कोषाध्यक्षमा किरण यादव रहेका छन् ।
यसैगरी, सदस्यहरू डा. रमेश यादव, डा. कुन्दन मिश्र, रुबी साह, विभा कर्ण, पुनम ठाकुर, कौसिल्या तिमिसिना, विना साह, अशोक कुमार यादव, श्रीचन मण्डल र बंकर मेस्तर चयन भएका छन् ।
त्यस्तै, सल्लाहकार समितिमा पूर्व अध्यक्ष डा. रबिन्द्र कुमार सिंह र कानूनी सल्लाहकार श्री एम. के. झा रहने निर्णय गरिएको छ ।
यसैगरी, निजामती कर्मचारी बाहेक मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई बिधान अनुसार सदस्यता शुल्क लिएर सदस्यता वितरण गर्ने निर्णय समेत सर्वसम्मतिले गरिएको छ।
बैठकले प्रादेशिक अस्पताल जनकपुरधामका स्वीपर पदमा कार्यरत दिवंगत कर्मचारी भोला कुमार राउत (मेस्तर) को असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक मिनेट मौनधारणसहित श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ। कर्मचारीहरुको हक–अधिकार र कर्तव्यबारे बैठकले आगामी दिनमा युनियनले कर्मचारीहरुको हक, अधिकार र कर्तव्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ ।
कर्मचारीलाई सुरक्षित, सम्मानजनक र भेदभावमुक्त वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्ने, तलब, भत्ता, सुविधा तथा पेशागत हकहितका विषयमा प्रबन्धकीय निकायसँग निरन्तर वार्ता–संवाद गर्ने, सेवा अवधिभर तालिम, प्राविधिक दक्षता र कार्यक्षमता अभिवृद्धिमा जोड दिने, कर्मचारीले आफ्नो कर्तव्य पालनामा इमानदारी, समयपालन र सेवाप्रति उत्तरदायित्वका साथ खटिनुपर्ने, बिरामी तथा सेवाग्राहीलाई गुणस्तरीय र मानवतापूर्ण सेवा दिनु प्रत्येक कर्मचारीको पहिलो कर्तव्य हुने, जस्ता आधारभूत बुँदामा कार्यसमितिले ऐक्यबद्धता जनाउँदै सर्वसम्मतिले पारित गरेको हो ।
स्वास्थ्य क्षेत्रका विभिन्न पदाधिकारी पदमुक्त, को–को परे ? (नामसहित)
आइतबार, वैशाख २०, २०८३
नर्समाथि दुर्व्यवहारको घटनाप्रति नेपाल नर्सिङ संघको कडा आपत्ति, कारबाहीको माग
आइतबार, वैशाख २०, २०८३
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूचीसहित)
आइतबार, वैशाख २०, २०८३
अध्यादेशपछि १,५९४ पदाधिकारी एकैपटक पदमुक्त, स्वास्थ्य तर्फका को–को परे ?
आइतबार, वैशाख २०, २०८३

